शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग
क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज १, २०७९
क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहरायणको सहयोग
म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम दर्मिजा समाज बेनी–गलेश्वरबाट ५,००० नगद ८७,९२५ रुपैयाँ पीडितकी आमा कुमारी पुनलाई हस्तान्तरण गरिएकाे हो । https://youtu.be/VqEFxBKbjGY सहयोग रकम हस्तान्तरण गर्दै दग्नाम दर्मिजा समाज बेनी गलेश्वरका अध्यक्ष सरिता गर्बुजाले सहयोग गुर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । क्यान्सर रोगको उपचार महगो पर्नेे र घरको आर्थिक अबस्था कमजोर भएकोले सबैले सहयोग गरिदिन गर्बुजाले आग्रह गर्नु भयो । बुढा थापाकी बुबा चन्द्र बहादुर बुढा थापा हिमाल हाईड्रो पावर नारच्याङ्खमा मजदुरी काम गर्ने क्रममा २०७३ पौष २ लडेर मृत्यु भए पश्चात उहाँकी आमाले रघुगंगा गाउँपालिका–४ ,दग्नामका शिव पुन संग दोस्राे विाह गरेका थिए । बुबाको मृत्यु पश्चात बेसाहारा बनेकी बुढा थापा उनकी एक दाजु र एक बैनी सहित काका बुबासंग दग्नामको बुग्लमा बस्दै आउनुभएको छ। विपन्न परिवारमा जन्मेका थापा बुढाले ज्ञानोदय माध्यमिक विद्यालय मौवाफाँबाट एसइइ उत्रिण गर्नुभएकाे छ । पढाईमा रुची भएता पनी ज्यला मजदुरी गरेर छाक तार्नु पर्ने बाध्यताले पढाईमा अन्योलता छाएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘सबैको सात सहयोगले उपचार सफल भए पश्चात पुन पढाईलाई निरन्तरता दिने छु’ । क्यान्सर रोगी बुढा थापाको बिगत छ महिना देखी चितवनको भरतपुरस्थित बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको पीडितकी आमा कुमारी पुनले बताउनुभयाे। पुनले भन्नुभयाे ‘आज सम्म ६ लाखमा बढी खर्च भइसक्यो, आफ्नो भएभरको जाय जेठा बेचेर आफन्तसंग ऋण गरेर उपचार गराए अबत भगवान संग हात थाप्नु बाहेक कुनै बिकल्प छैन’।  उहाँले  छोरीको उपचारको लागी आर्थिक सहयोग गरिदिन सबैलाइ आग्रह गर्नुभएको छ । थप जानकारीको लागी आमा कुमारी पुन सम्पर्क नम्बर ९७४८४१०७६९ वा अर्चना बुढा थापा ९७४४३४१९१२ प्रतक्ष सम्पर्क गर्न सक्नु हुनेछ । बिरामीको अबस्था केही सुधार आएको छ । अझ ६ महिना अस्पतालमैे रहेर शरीरमा ९ पटक ‘किमो’ र औषधी प्रयोग गर्नु पर्ने अस्पताल स्रोतले जनाएको छ । दैनिक ज्याला मजदुरी गरी परिवारको गुजरा चलाउदै आउनुभएकाे छ । ‘अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि क्यान्सर जस्तो जटिल रोगले थलिएकी अर्चना नानीलाई उपचारमा थोरै भए पनी थप टेवा मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेका हौं ,’ दग्नाम बैदैशिक सहयोग समितिका बहराइनका अध्यक्ष छप्रसाद पाईजाले भन्नुभयो । दग्नाम बैदेशिक सहयोग समिति बहराइनले स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, आपद बिपद तथा कला संस्कृती संरक्षण आदी बिभिन्न शिर्षकमा १६ लाख ९० हजार ५९८ रुपैयाँ बढी सहयोग गरिसकेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  १७:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP