शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा आठ वटा मतदान स्थल थपियो
म्याग्दीमा आठ वटा मतदान स्थल थपियो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असोज ३, २०७९
Nirbachan-office-myagdi copy
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भएका ठाउँमा मतदान स्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले थपिएका सहित म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र कायम भएका जानकारी दिनुभयो । गत स्थानीय तह चुनावमा ७४ मतदान स्थलमा ११४ केन्द्र थिए । धवलागिरी, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा २÷२ वटा मतदान स्थल थपिएका हुन् । धवलागिरी गाउँपालिका–४ बगरको कैलाश आधारभूत र वडा नम्बर ७ धारापानीको चन्द्रकुन्ता किसानी माविमा मतदान स्थल कायम भएको छ । मंगला गाउँपालिका–१ पूर्णगाउँको राष्ट्रिय जनजागृति मावि र वडा नम्बर ५ सिर्कुमको किसानी आधारभूत विद्यालयमा पनि मतदान स्थल थपिएको छ । रघुगंगा गाउँपालिका–२ खौरेटाको राममन्दिर सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर ३ पातल्नाको हिमालय आधारभूत विद्यालयमा मतदान स्थल थपिएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्रमा रहेको पोखरेबगर आधारभूत विद्यालय र वडा नम्बर ८ को काफलडाडाँ आधारभूत विद्यालयमा पनि मतदान स्थल थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थल थपिएपछि भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित सिम्कोस, बगर, नाउराका बासिन्दालाई मतदानका लागि दुई देखि तीन दिन समय खर्चनुपर्ने समस्या हटेको छ । कैलाश आधारभूत मतदान केन्द्रमा १५७ जना मतदाता छन् । आसन्न चुनावका लागि ४२ हजार ५५ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना तेस्रो लिङ्गी गरि कुल ८६ हजार १२० जना मतदाता कायम भएका छन् । गत स्थानीय चुनावमा ८५ हजार ३७५ मतदाता रहेकामो ५६ हजार ४५६ मत खसेको थियो । स्थानीय तह चुनावपछि थपिएकालाई जोड्दा, बसाईसराई गरेका र दिवंगत भएकाहरुको नामावली अद्यावधिक गरेर मतदाता संख्या काम गरिएको हो । स्थानीय तहको चुनावपछि ७४५ जना मतदाता थपिएका हुन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । बेनी नगरपालिकामा २२ हजार १८५, अन्नपूर्णमा १२ हजार ०६८, धवलागिरीमा १० हजार ८३७, मालिकामा १३ हजार ३३४, मंगलामा १३ हजार ४७७ र रघुगंगा गाउँपालिकामा १४ हजार २१९ जना मतदाता कायम भएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०७:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP