शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान
अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज ४, २०७९
2
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठीमा गाउँपालिकाभित्र पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउन स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । गाउँपालिकामा पोषण एवं स्वास्थ्यको अवस्थामा सुधार ल्याउन पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकले स्वास्थ्य र पोषणसम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्नका लागि विविध विषयहरुमा प्रतिबद्धता जनाउँदै कार्यान्वयनका लागि निर्णय समेत गरिएको छ ।   सुनौलो हजार दिनको महिला रुपा खड्कालाई पोषणयुक्त खानेकुरा दिएर गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले स्वस्थ र दक्ष नागरिक उत्पादन गर्नका लागि पोषणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समुन्नत राष्ट्र निर्माणको लागि सचेत नागरिकको आवश्यकता पर्ने भएको बताउँदै सुनौलो हजार दिनका आमाहरुलाई उचित माया ममताको साथसाथै पोषणयुक्त खानपानको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिनुभयो । पालिकामार्फत आगामी दिनमा पोषणसम्बन्धी कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइने उहाँको भनाइ छ । गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गर्भावस्थामा पोषणयुक्त खानेकुरा सेवनलाई जोड दिनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पालिकामार्फत कृषि, पशु, खानेपानी र महिला तथा बालबालिकालक्षित कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा पोषणसँग जोडिएको बताउनुभयो । गोष्ठीमा पालिकाको पशु सेवा शाखाका प्रमुख सन्तोषकुमार गिरी, पूर्वाधार शाखा प्रमुख इन्जिनियर ईश्वर भण्डारी, महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक सविना थापा, स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, शिक्षा शाखाका सामाजिक परिचालक मुकुन्द पौडेल, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रमको तर्फदेखि सञ्चालित गतिविधिहरुको बारेमा समग्र प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा अन्नपूर्ण–८, राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सुनौलो हजार दिनको महिला रमा कार्की, साथी सहजकर्ता कामना जिसी, स्थानीय स्रोतव्यक्ति जुना शेरचन र जेसी च्याम्पियन लालबहादुर मिजारले अनुभव सुनाउनुभएको थियो । गोष्ठीको अवसरमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई मिलन म्याग्दीका कार्यसमिति सदस्य बलबहादुर विश्वकर्माले सुआहारा कार्यक्रमले निर्माण गरेको पालिका प्रोफाइल, पोषण योजनालगायत विभिन्न गतिविधिहरु समावेश गरी प्रकाशन गरिएको सूचना तथा सञ्चारका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष पुनको स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यका साथै पालिकाको विषयगत शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । गोष्ठीको अवसरमा पोषण कर्नर स्थापना गरी पोषणयुक्त खाद्यान्नलगायत खानेकुराहरुको प्रदर्शन समेत गरिएको थियो । यसअघि पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा सम्पन्न भैसकेको छ
प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  २१:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP