शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • समाज
    • आविष्कार
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • धवलागिरीको विशेष गाउँसभा तथा वार्षिक प्रगति समिक्षा
धवलागिरीको विशेष गाउँसभा तथा वार्षिक प्रगति समिक्षा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असोज ५, २०७९
DRM-Gausava-1 copy
मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा भएका प्रगति विवरण सार्वजनिक गरेको छ । मुनामा मंगलबार भएको विषेश गाउँसभामा विषयगत शाखाका प्रमुखहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा समिक्षा गरिएको थियो । पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, पञ्जिकरण र लघुउद्यम शाखाका प्रमुखहरुले जनप्रतिनिधीहरु समक्ष प्रतिवेदन पेश गर्नुभएको थियो । पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले १३२ वटा उपभोक्ता समिति, ६ वटा ठेक्का मार्फत र २४ वटा प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना सम्पन्न भएका जानकारी दिनुभयो । हेम नमुना आवासीय माविको छात्रावास, मुना स्वास्थ्य चौकी, खारा–खाम्ला, राम्चे–बुल, मुदी–खिवाङ सडक निर्माण सकिएको छ । गुर्जा स्वास्थ्य चौकी, लुलाङ, ताकम वडा कार्यालय भवन, लुलाङ खानेपानी आयोजना अन्तिम चरणमा छन् । ताकममा ५ शैया क्षमताको अस्पताल भवन, मराङ खानेपानी आयोजना निर्माणाधिन तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ । गत वर्ष १४.३ किलोमिटर नयाँ सडकको मार्ग निर्माण, ७ वटा झोलुङ्गे पुल, धारापानी–ताकम–मच्छिम–मुना सडकको २.९ किलोमिटर ग्राभेल, १७.५५ किलोमिटर पदमार्ग, ५ वटा सामुदायिक भवन, ७ वटा खेलमैदान, ६ वटा खानेपानी, ९३० मिटर ढल, ३ वटा मठमन्दिर निर्माण र ३ वटा लघुजलविद्युत परियोजना मर्मत भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाका प्राबिधिक सहायक ख्यामराज सुवेदीले आवासीय विद्यालयबाट ३० जना विद्यार्थी लाभान्वित भएका, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको, दरबन्दि कम भएका विद्यालयमा गाउँपालिकाले मावि तहमा ७ र निमावीका ५ जना शिक्षक नियुक्त गरेको, विद्यालय सहायक कर्मचारीलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराइएको र दरखोला बालविकास केन्द्र सञ्चालन गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक देविन्द्र पुनले २४ वटा योजनामा २१४ जनालाई रोजगार दिइएको, चालु आर्थिक वर्षका लागि ७९९ जना बेरोजगार सुचिकृत र २५ वटा योजना छनौट भएको बताउनुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत १२५ जनालाई पहिलो ७३ जनालाई दोस्रो र ५३ जनालाई तेस्रो चरणमा सिपमुलक तालिमका साथै प्रविधि हस्तान्तरण गरिएको छ । ४७ जना उद्यमीको स्तरोन्नति भएको छ । दुई हजार ८१६ जनालाई रु. नौ करोड ३७ लाख १२ हजार ५३१ सामाजिक सुरक्षा भत्ता वितरण र एक हजार ७४७ व्यक्तिगत घटना दर्ता भएको छ । २० थान मिनिटेलर र १५ थान थ्रेसर ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि शाखाले रु. १२ लाख बजेट बिनियोजन भएको पकेट क्षेत्रको कार्यक्रम कार्यान्वयन हुन नसकेको जनाएको छ । स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले एम्बुलेन्स, सुनौला हजार दिनका आमासँग अध्यक्ष, महिलाहरुको पाठेघर सम्बन्धी रोगको स्किनिङ शिविर, क्षयरोग खोजतलास र समुदायमा आधारित नवशिशु तथा बालरोग सुधार कार्यक्रम सञ्चालन भएको बताउनुभयो । विभिन्न तहका ५८ जना कर्मचारीको दरबन्दि भएको गाउँपालिकामा हाल ७ जना करार सहित २४ जना मात्र कार्यरत छ । रिक्त ३४ जनाको पदपुर्तिका लागि लोक सेवा आयोगमा माग गरिएको प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको बाँकी भुक्तानी गर्ने निर्णय भएको छ । बेरुजु फस्यौटका लागि लेखा समितिलाई आगामी सभामा प्रतिवेदन पेश गर्न सभाले निर्देशन दिएको छ । सभामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले कार्ययोजना बर्नार चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम समयमै कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  २१:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP