शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु
म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज ८, २०७९
Khelkud
म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बेसेको बैठकमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले यहि असोज २७ गतेदेखि कार्तिक ३ गते सम्म भलिबल र असोज २८ देखि कार्तिक २ गते सम्म तेक्वान्दो खेल संचालन हुने जानकारी गराउनुभएको हो । ११ टिम सहभागी हुने प्रतियोगितामा भलिबलतर्फ १६५ खेलाडी र २५ जना अफिसियल र तेक्वान्दोतर्फ ३५२ खेलाडी र ७५ अफिसियल गरि कुल ६१७ जना सहभागी हुने केसीले बताउनुभयो । भलिबल र तेक्वान्दोका लागि खेलकुद स्थान व्यवस्थापन तथा अन्य तयारीका लागि राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख ५० हजार रकम प्राप्त भएको र खुल्लामञ्चमा रहेको खेलकुद मैदान व्यवस्थापनको कार्य सुरु गरिएको अध्यक्ष केसीले बताउनुभयो । वैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले खेलकुद मैदान व्यवस्थापन, स्वागतका लागि प्रवेशद्वार बनाउने, बजारमा स्वागत व्यानर होर्डिङ बोर्डहरु राखेर खेलकुदमय बनाउने, खेलाडी लागि सहुलियतदरमा खाना र बसाईको व्यवस्था गर्ने, खेल स्थलमा सार्वजनिक सवारीको रुट तयार गर्ने, खेलाडीलाई स्कटिङ सहित सुरक्षाको व्यवस्था गर्ने, प्रतियोगीता स्थलमा खानेपानी र शौचालयको राम्रो प्रवन्ध गर्ने गरि तयारी थालिएको बताउनुभयो । बैठकमा राष्ट्रिय प्रतियोगिता जिल्लामा हुनु भनेको जिल्लाको गौरवको विषय भएकाले सुरक्षाका लागि जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने, बजारमा स्वागतका लागि व्यानर र राख्नु अनुरोध गर्ने, प्राथमिक उपचारका लागि बेनी अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । त्यस्तै नवौँ खेलकुद प्रतियोगिता संग सम्वन्धीत रहेर सकरात्कम सुचना तथा समाचार प्रकाशनका लागि जिल्लाका संचार माध्यहरुलाइ अनुरोध गर्ने, प्रतियोगिता संचालनका लागि बेनी नगरपालिकालाई दुई लाख र अन्य गाउँपालिकालाई १ लाख ५० हजारका दरले सहयोग माग गर्ने, बेनी देखि बाहिरी जिल्ला जाने तथा जिल्ला भित्रका सडकहरुलाई सुचारु गराईराख्न आव्हान गर्ने, खेलाडीहरुलाई आरामदायी बसाईको व्यवस्थापनका लागि होटल व्यवसायीलाई अनुरोध गर्ने, खेलाडीलाई आवासदेखि खेलमैदान सम्म आवतजावतका लागि जिल्ला स्थित निजि विद्यालयलाई गाडी उपलब्ध गराउन अनुरोध गर्ने, र उद्घाटनको दिनमा झाँकी प्रस्तुतीका लागि जिल्ला स्थित विभिन्न संघ संस्था एवम् जातजातिहरुलाई अनुरोध गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका शाखा अधिकृत साधना कुमारी श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख प्रमुख सल्लाहकार र नगर प्रमुख, गाउँपालिका प्रमुख, प्रजिअ, अन्य कार्यालय प्रमुखहरु वडा अध्यक्षहरु लगायत रहेको व्यवस्थापन समन्वय अनुगमन सल्लाहकार समिति समेत गठन गरिएको छ । वैठकमा मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, सुरक्षा निकायका प्रमुख, कार्यालयका प्रमुखहरु, बेनी नगरपालिका वडा नम्वर ६, ७ र ८ का अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ, म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, म्याग्दी जेसिज, रेडक्रस, लायन्स क्लव पदाधिकारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १०:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP