शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु
जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज ९, २०७९
IMG_005
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हिँजो (शनिवार)देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा विद्यालयहरुबीच एकापसमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । भोलि सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा बेनी नगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहका विभिन्न १२ वटा विद्यालयहरुको सहभागिता रहेको छ । भलिबल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्वको विकास गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा आयोजना हुने खेलकुदजन्य प्रतियोगिताहरुलाई सफल बनाउन जिल्ला खेलकुद विकास समितिको तर्फदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतियोगिता अवधिभर अनुशासनपूर्वक खेलमा सहभागी हुन खेलाडीहरुलाई निर्देशन दिनुभयो । जनकल्याण मावि अक्षयकोषका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी र भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मीले भलिबल प्रतियोगिताले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीको आकर्षण बढ्ने बताउनुभयो । विद्यालयका अध्यक्ष गोपाल बानियाँको अध्यक्षता र प्रधानाध्यापक कमलप्रसाद पौडेलले स्वागतसहित भलिबल प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको उद्घाटनसत्र शिक्षक शान्ति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच हिँजो शनिबारै भएको पहिलो खेलमा आयोजक विद्यालय जनकल्याण मावि र महेन्द्ररत्न मावि बरंजाबीच भएको प्रतियोगितामा जनकल्याण मावि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको छ । यसैगरी बेनी सामुदायिक र न्यु वेष्ट प्वाइन्टबीच भएको खेलमा बेनी सामुदायिक मावि विजयी भएको छ भने पौलस्त्य मावि भीरमुनी र अर्जुन मावि भकुण्डेबीच भएको खेलमा अर्जुन मावि विजयी भई दोस्रो चरणमा प्रवेश गरेको विद्यालयका प्रअ पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार पुलाचौर समाज अस्टेलियाबाट हाल त्यहाँ रहेका विद्यालयका पूर्व विद्यार्थी तथा शुभचिन्तकहरुले सौजन्य गरेका छन् । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ७५ हजार, द्वितीय ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित खेलकुदको विभिन्न विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने भएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  २१:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP