शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने
पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असोज १६, २०७९
4
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले म्याग्दीको विकाशका लागि साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय बेनीमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सबै पार्टीले बनाएको घोषणापत्रलाई समेटेर गठबन्धनको साझा प्रतिबद्धता पत्र तयार गरिने बताइएको हो । प्रदेश सभा ‘क’ अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले समेत संविधानको रक्षाका लागि निर्मित गठबन्धनले म्याग्दीमा आवश्यक पर्ने पूर्वाधार सहित सम्रग विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकतालाई समेटेर पाँचबर्षभित्र म्याग्दीमा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक दलहरुको केन्द्रीय स्तरमा हुन लागेको चुनाबी तालमेलको निर्णय बमोजिम जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भूमिका खेल्ने वक्ताहरुले जोड दिएका थिए ।   नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको विकासमा दिर्घकालिन महत्व राख्ने साझा एजेण्डा लिएर जनतामाझ गएर चुनावमा इमान्दारीताका साथ परिचालन हुन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । “विकास निर्माणमा पछि परेको म्याग्दी जिल्लालाई अगाडी ल्याउने गठबन्धनको प्रमुख मुद्दा हो,” उहाँले भन्नुभयो “प्रतिस्पर्धीको भ्रम र प्रलोभनमा नपरी गठबन्धनका कार्यकर्ता इमान्दार भयो भने चुनावमा सफल हुन्छौ ।” नेपाली काग्रेसका प्रदेशसभा क्षेत्र ‘क’का सभापति ओम छन्त्यालको अध्यक्षता, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको स्वागत र सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, माओवादीका प्रदेश सदस्य विनोद केसी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगाएतका जिल्ला स्थित शिर्ष नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।  
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १९:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP