शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ
भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १८, २०७९
Rakhu Kot Mandir Logo
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–२ को भगवती कोटमन्दीरमा दशैंको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख १५ हजार रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी राखु भगवती स्थित वाख्लेका सचिन केसीले सबैले भन्दा धेरै रु ३ लाख १५ हजार रकम तिर्ने कबोल गरेर सरकारी बलीको मार हान्ने हुनुभएको छ । केसीले सोमबार नै कबोल रकम पुजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । यस अघि २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाखमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोटमन्दीरमा पुजा व्यवस्थापन समितिका सचिब कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताउनुभयो । ‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोटमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’–अध्यक्ष मल्लले भन्नुभयो । नवमिका दिन कोटमन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ । म्याग्दीको प्रमुख शक्तिपीठमध्येमा पर्ने भगवती कोटमन्दिरलाई पुरातत्व विभागले दुई बर्ष अघि रु ६९ लाख खर्चेर पुननिर्माण गरेको छ । म्याग्दीका सबै बस्तीमा भगवती मन्दिर रहे पनि ताकम, ज्यामरुककोट, बेनी, राखु र घारका कोटमन्दिर कम्तीमा तीन सय वर्ष पुराना र ऐतिहासिक हुन् । तत्कालिन बाइसे/चौबिसे राज्यकालदेखी घारकोट, भगवती कोट, ज्यामरुककोट र ताकमकोट मन्दिरमा नवमीका दिन दुर्गाकालीलाई बलि चढाइने राँगो मार हान्न (काट्न) झण्डै वोलकबोल गर्ने परम्परागत चलन रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  ०९:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP