शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग
रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असोज १८, २०७९
4
म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो । रेडक्रस उपशाखाको सभापति शिव बानियाँ, कोषाध्यक्ष गिरेन्द्र बानियाँ, सहसचिव दिनेश बानियाँ, सदस्यहरू सृष्टि लामिछाने, डेकबहादुर खत्रीलगायत उपशाखा कार्यसमिति, विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र सदस्यहरूबीच उपशाखा कार्यालय भीरमुनीमा शुभकामना आदानप्रदान गरिएको थियो । उपशाखाको विभिन्न विभाग तथा उपसमितिद्वारा उपशाखाको कार्यालय परिसरमा सरसफाइ समेत गरिएको छ ।   रेडक्रसमा लामो समयदेखि स्वयंसेवकको रूपमा भूमिका निर्वाह गर्दै आउनुभएका भीरमुनी निवासी देवेन्द्र बानियाँलाई उपशाखामार्फत नगद पाँचहजार रूपैयाँ आर्थिक सहयोग गरिएको उपशाखा सभापति शिव बानियाँले बताउनुभयो । १ महिना अघिदेखि ब्रेनट्यूमरको समस्याबाट ग्रसित भई बानियाँले हालै काठमाडौंको एक अस्पतालमा शल्यक्रियामार्फत उपचार गरी अहिले घरमा नै स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँलाई रेडक्रसको एक टोलीले घरमै पुगेर भेटघाटसहित सहयोग हस्तान्तरण गरेको थियो । उक्त सहयोग रकम उपशाखा सभापति शिव बानियाँ, कोषाध्यक्ष गिरेन्द्र बानियाँ र विपद व्यवस्थापन समिति संयोजक दुतबहादुर बानियाँले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो । औषधोपचारको क्रममा घरमै आराम गरिरहनुभएका स्वयंसेवी युवालाई विजयादशमीको अवसरमा रेडक्रसकर्मीको टोली घरमै पुगेर नगद सहयोग गर्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको रेडक्रसको विपद व्यवस्थापन समिति संयोजक बानियाँले जानकारी दिनुभयो । पुलाचौर रेडक्रसले समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विपद्मा परेकालाई नगद तथा जिन्सी सहयोग गर्दै आइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  २०:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP