शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • भीम रावल र घनश्याम भुसाललाई निर्वाचन लड्न प्रस्ताव
भीम रावल र घनश्याम भुसाललाई निर्वाचन लड्न प्रस्ताव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असोज २२, २०७९
Ghanashyam-Bhim
काठमाडौं । एमालेले टिकट नदिएपछि नेता भीम रावल र घनश्याम भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरेका छन् । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ति क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् । रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसालले शनिबारै एमाले परित्याग गरेको घोषणा गरिसकेका छन् । उनले ४५ बर्षदेखि एमालेमा रहेर सम्पुर्ण सामर्थ्य लगाएपनि एमालेमा नीति र विधि पुर्नस्थापना नहुने देखेर एमाले छाड्ने निष्कर्षमा पुगेको बताएका छन् । एमाले छाडेको घोषणासँगै उनले राष्ट्रको सर्वोपरि हितका लागि उत्तिकै सक्रिय रहने पनि गरेका छन् । भुसालको यो भनाइबाट उनी राजनीतिमा कुनै न कुनै रुपमा सक्रिय रहने प्रस्ट बुझिएको छ । तर तत्काल कुन पार्टीमा आवद्ध हुने भन्नेबारे भने उनले खुलाएका छैनन् । तर भुसाल निकट स्रोतका अनुसार भुसाललाई सत्ता गठबन्धनले गठबन्धनमा आवद्ध दलको चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । ‘ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरिरहनुभएको छ । तर उहाँले अहिलेसम्म कुनै निर्णय गर्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो । यता माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ । ‘गठबन्धनका शीर्ष नेताहरुले फोनमार्फत चुनाव लड्न प्रस्ताव गरिरहनुभएको छ । तर घनश्याम कमरेडले निर्णय गरिसक्नुभएको छैन’, भुसाल निकट स्रोतले भन्यो, ‘आन्तरिक छलफल जारी छ ।’ भुसालले पार्टी छोडेको घोषणा गरिसकेको अवस्थामा रावलले पनि एमाले छोड्ने तयारी गरेको रावल निकट स्रोतले दावी गरेको छ । रावल र भुसाल दुवै गत मंसिरमा सम्पन्न एमाले महाधिवेशनमा ओलीको चाहना विपरित अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका थिए । यसैबीच रावल र भुसालबारे कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ । शनिबार दिउँसो तीन नेताबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । चुनाव लड्ने हुँदा तत्काल रावल र भुसाल दुवैको विकल्प स्वतन्त्र चुनाव लड्ने कि कुनै दल वा गठबन्धनबाट लड्ने भन्ने दुई विकल्प छन् । Nepali Network 
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १६:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP