शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनाव प्रचार समिति गठन
म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनाव प्रचार समिति गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज २८, २०७९
Darbang Gathabandan 1
दरवाङ । बाम लोकतान्त्रिक गठबन्धनले म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) मा संयुक्त चुनाव प्रचार समिति गठन गरेका छन् ।दरवाङमा शुक्रबार भएको मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा साझा उम्मेद्वार बनाएका नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेलाले समिति गठन गरेको हो । नेपाली कांग्रेसका प्रदेशसभा क्षेत्र (ख)का सभापति टंकप्रसाद पुन संयोजक र माओवादीको गण्डकी प्रदेश सदस्य चन्द्रप्रसाद बुढाथोकी सहसंयोजक रहेको ३३ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको माओवादीको प्रदेश सहसचिव टेकबहादुर बिकले जानकारी दिनुभयो । प्रदेश क्षेत्र स्तरमा प्रचारप्रसारका लागि ९ जनाको सचिवालय, ५ जनाको उमेद्वारसँग रहने विशेष प्रचार टोली गठन भएको छ । धवलागिरी, मालिका र मंगला गाउँपालिका स्तरमा पनि संयुक्त प्रचार समिति बनेको छ । टोलीले वडा र टोल स्तरमा संयुक्त कार्यकर्ता भेटघाट, कार्यकर्ता परिचालन र प्रचारप्रसारको काम जिम्मेवारी पाएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति तथा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेद्वार खमबहादुर गर्बुजा ९खम्बिर० र माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेश सभा क्षेत्र खका उमेद्वार रेशम जुग्जाली ९सुविन०ले संविधानको रक्षा, स्थिरता र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारलाई जिताउन परिचालन हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । नेपाली काँग्रेस म्याग्दीका सहसचिव श्रीराम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा काँग्रेसका पुर्व सहसभापति नेत्र महत, महाधिवेशन प्रतिनिधी तथा मालिका गाउँपालिकाका पुर्व अध्यक्ष श्रीप्रसाद रोका, काँग्रेस प्रदेशसभा खका उपसभापति नेता गोपाल भट्टचन, माओवादीका प्रदेश सहसचिव टेकबहादुर बिक, सदस्य चन्द्रप्रसाद बुढाथोकी र वाइसीएलका केन्द्रिय सचिव पुनम खड्काले सम्बोधन गर्नुभएको थियो । म्याग्दीलाई अहंकारवादी र प्रतिक्रीयावादीहरुको कब्जाबाट मुक्त बनाएर जनताको विकास, सेवा प्रवाह सम्बन्धी आवश्यकता पुर्ति गर्न गठबन्धनका उमेद्वार जिताउनुको विकल्प नभएको वक्ताहरुको भनाई थियो । विगतका कमजोरीको समिक्षा भइसकेको र अब सुनौलो भविष्यको परिकल्पनालाई सकार पार्न गठबन्धनलाई इमान्दारिता र विश्वासका साथ कार्यान्वन गराउन आग्रह गर्नुभयो ।  
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  २३:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP