शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा
लुलाङमा गठबन्धनका उम्मेदवार मत माग्न घरदैलोमा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ५, २०७९
IMG_5951 copy
बेनी । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले शुक्रबार पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा घरदैलो, मतदाता भेटघाट तथा अन्तरक्रिया गरेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बिरले अबको पाँचबर्षभित्र प्राथकिताको जगमा बसेर जिल्लाको विकास गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। स्थानीय कार्यकर्ता अगुवा नेता तथा मतदातालाई जिल्लाका सबै बस्तीहरूमा आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने तथा दुर्गम स्थानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनुभयो । मोटरबाटो नपुगेको गूर्जा सहित धवलागिरी गाउँपालिका भित्रका मानबस्तीको बसोबास रहेका दुर्गम बस्तीलाई सुगम बनाउने योजनामा काम गर्नुपर्ने गबूर्जाको भनाई थियो । घरदैलोमा स्थानीयको आवश्यकतालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रदेसशभा क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीले बताउनुभयो । उहाँले ग्रामिण सडक, शिक्षा, स्वास्थ्य,पर्यटनका साथै स्थानीयको जीवनस्तर उकास्ने क्षेत्रहरुमा आवश्यक बजेट विनियोजन गरेर इमान्दारीका साथ काम गर्न एकपटक गठबन्धनलाई अवसर दिनुपर्ने बताउनुभयो । घरदैलो अभियानमा स्थानीयले सडक, शिक्षा, स्वास्थ्य सहित विभिन्न समस्याहरु सुनाएका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलका जिल्लास्तरीय नेताहरूसाझा उम्मेदवारलाई विजय बनाउन एकसाथ घरदैलोमा निस्किएका छन् । जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ छिरेपछि अहिले चुनावी अभियानले तिब्रता पाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०८:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP