शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग
स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक ६, २०७९
DSC_0060
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम संकलन गरिएको हो । उक्त रकम आइतबार मोना नेदरल्याण्डका संस्थापक अध्यक्ष जंगबहादुर पुनका दाजु एवं घोरेपानीका होटल व्यवसायी टेकसर पुनले मन्जु उपचार सहयोग अभियानका सहसंयोजक भुपेन्द्र बुढाथोकी मगरलाई हस्तान्तरण गर्नुभयो । ४० बर्षिया मन्जु बिक भारतको नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचाररत हुनुहुन्छ । करिब तीन बर्षदेखि क्यान्सर रोगबाट पीडित मन्जुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण मन्जुको उपचारका लागि आर्थिक सहयोग रकम संकलन थालिएको थियो । अहिलेसम्म उपचारको लागि करिब आठ लाख रुपैयाँ संकलन भएको सहसंयोजक बुढाथोकी मगरले बताउनुभयो ।उपचारका लागि ठुलो खर्च लाग्ने भएकाले सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।  
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १५:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP