शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट
गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक ११, २०७९
309842994_845238096478080_4119661436061196421_n
बेनी । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेद्वार हरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’, प्रदेशसभा क्षेत्र ‘क’ मा माओवादीका हरीबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका¬ २ पाखाथर र ९ गलेश्वरमा घरदैलो गरेर भोट माग्नुभएको छ । प्रदेशसभा क्षेत्र ‘ख’ मा गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका रेशम जुग्जालीको टोलीले मालिका गाउँपालिका २ रुममा कार्यकर्ता र मतदाता भेटघाट गर्नुभएको छ । बेनीमा उमेद्वार गर्बुजा र भण्डारीको साथमा नेपाली काँग्रेसका नेता नेत्रबहादुर महत, बेनी नगर सभापति रविन्द्र कार्की, नेता दुर्गाराम सुवेदी, नेपाली काँग्रेसका जिल्ला सदस्य बालकुमार लामिछाने लगायत सहभागि हुनुभएको थियो । क्षेत्र ‘ख’मा जुग्जाली सहित नेपाली काँग्रेसका प्रदेश क्षेत्र सभापति टंकप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका युवा नेता अनुप गौचन सहितको टोलीले गठबन्धनमा विश्वास कायम गरी आगामी चुनावमा जित निकाल्ने गरी तयारीमा लाग्न कार्यकर्ताहरुसँग छलफल गर्नुभएको थियो । राजनीतिक स्थिरता, संविधानको रक्षा र सम्बृद्धिका लागि शान्ति ल्याउन र संविधान बनाउन सहकार्य गरेका राजनीतिक शक्तिहरु आफ्नो बहुमतको संसद विघटन गरेर जनमतको अपमान गर्ने तथा राजनीतिक अस्थिरता सिर्जना गर्ने केपी ओली प्रवृतिका विरुद्ध बनेको गठबन्धनलाई चुनावमा जिताउन उम्मेद्वारहरुले आग्रह गरेका छन् । “काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको समेत सहभागिता सम्झौता गरेर देशमा शान्ति र संविधान ल्याएको हामीले बिर्सन हुदैन,” काँग्रेस म्याग्दीका सभापति समेत रहेका प्रतिनिधीसभा सदस्यका उम्मेद्वार गर्बुजाले भन्नुभयो “शान्ति र संविधानलाई कार्यान्वयन गर्दै देशलाई विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन जनमतको अपमान गर्ने, भ्रष्ट्राचारीको संरक्षक ओलीका विरुद्ध गठबन्धन बनेको हो । गठबन्धन इमान्दारिताका साथ एक अर्कालाई मतदान गरौ । विपक्षले फैलाएको भ्रममा नपर्नुहोला । यसपाली म्याग्दीमा मात्र होइन् देशैभरी गठबन्धनले जित्छ ।”
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  २०:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP