शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विमको एकिकृत वस्तीमा प्रवेशद्वार उद्घाटन
विमको एकिकृत वस्तीमा प्रवेशद्वार उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २०, २०७९
4
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्य समितिको आयोजनामा शनिबार मालिका गाउँपालिका –७ विममा रहेको एकिकृत वस्तीमा निर्माण भएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । मोना एकिकृत बस्ती प्रवेशद्वारको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, म्याग्दी प्रवासी नेपाली संघ मोनाका अध्यक्ष अमर छन्त्याल र मोनाका तत्कालिन अध्यक्ष तथा पुन: निर्माण समितिका मूल संयोजक समेत रहनुभएका हालका प्रमुख संरक्षक  ओमनारायण जुग्जालीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो । करिव ७ लाखको लागतमा मोनाले एकिकृत बस्तीमा प्रवेशद्वार र सहयोगीहरुको शिलालेख तयार गरेको हो । प्रवेशद्वार र सहयोगदाताहरुको नामावली कोरिएको शिलालेखको उद्घाटन गर्नुहुँदै समन्वय प्रमुख थापाले मोना म्याग्देलीहरुको विपतको साथी र म्याग्दीको विकासको सहयोगी भएको बताउनुभयो ।उहाँले २०७७ साल असार २५ गते गएको पहिरोमा परि ज्यान गुमाउने विमबासीहरुको गहिरो सम्झना गर्दै घरबार गुमाएर ज्यान बचाएकाहरुलाई घर बनाईदिएर मोनाले महान कार्य गरेको प्रति आभार प्रकट गर्नुभयो । प्रमुख थापाले मोनाले विममा एकिकृत बस्ती निर्माण गरेर दिगो विकास र विपत न्युनिकरणका लागि एकिकृत बस्ती आवश्यक छ भन्ने सन्देश दिएको बताउनुभयो । एकिकृत बस्तीले जोखिम न्युनिकरण संगै शिक्षा, स्वास्थ्य, संचार, विद्युत लगायतको आवश्यकता तथा नागरिकलाई सुरक्षा प्रदान गर्न पनि सहज हुने हुँदा एकिकृत बस्तीको अवधारणा राज्यले लिनुपर्ने समन्वय प्रमुख थापाको भनाई थियो । कार्यक्रममा बोल्दै मोनाका तत्कालिन अध्यक्ष तथा पुननिर्माण समितिका मूल संयोजक हालका प्रमुख संरक्षक  ओमनारायण जुग्जालीले २०७७ सालको बाढि पहिरो पश्चात मोनाले जिल्ला भर दुई करोडको लागतमा ४० वटा घर निर्माण गरेको बताउनुभयो । विममा पहिरोमा परि घरबार गुमाएकाहरुलाई सुरक्षित बासस्थानको लागि तल्लोगाउँमा विम मालिका संघले खरिद गरेको जग्गामा १० वटा घर निर्माण गरि मोना एकिकृत बस्ती तयार गरिएको जुग्जालीले बताउनुभयो । उहाँले विम मालिका समाज, मालिका गाउँपालिका र मोनाको त्रिपक्षीय छलफल गरि अव छिट्टैनै घरमा बसेकाहरुलाई लालपूर्जाको पनि उपलब्ध गराउने बताउनुभयो । मोनाका अध्यक्ष अमर छन्त्यालले प्राकृतिक विपत्तीमा परि घरबारविहिन भएकाहरुलाई घर निर्माण गरिदिने कार्यमा आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने मोना अन्तराष्ट्रिय, राष्ट्रिय समिति, गाउँपालिका, वडा, विम मालिका समाज लगायत सम्पूर्ण महानुभावहरुमा आभार प्रकट गर्नुभएको थियो । साथै उहाँले मोनाले जिल्लाको विकास र विपतमा सहयोग संगै अव विदेशमा सिकेको सिप, ज्ञान र पूजीलाई स्वदेशमा उपयोग गरि रोजगार सृजना गर्ने योजना बनाउने बताउनुभयो । स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै पालिकाहरु संगको समन्वयमा मोनाले लगानी गर्न सक्ने उहाँको भनाई थियो । मोनाले सहकारी स्थापना गरि पूजी संकलन गर्ने र लगानीलाई सहज बनाउने योजना रहेको पनि अध्यक्ष छन्त्यालले बताउनुभयो । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्वुजा, निवर्तमान अध्यक्ष श्रीप्रसाद रोका, किसानी माविका प्रधानाध्यापक जंग बहादुर गर्वुजा, वडा अध्यक्ष टकलाल पुन, मोना ओसियाना क्षेत्रीय संयोजक गोकुल भण्डारी लगायतले जिल्लाको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक क्षेत्रको विकास तथा विपतको समयमा मोनाले पु¥याएको योगदानको चर्चा तथा प्रशंसा गर्नुभएको थियो । कार्यक्रम मोना अन्तराष्ट्रियका अध्यक्ष छन्त्यालको अध्यक्षता, समन्वय प्रमुख थापाको प्रमुख आतिथ्यता, उपाध्यक्ष सूर्जे भट्टचनको स्वागत र सचिव सुवोध बरुवालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीले बाजागाजा र फुलमाला सहित अतिथिहरुलाई भव्य स्वागत गरेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १४:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP