शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • एमालेको बेनी र धवलागिरिमा चुनावी सभा
एमालेको बेनी र धवलागिरिमा चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, कात्तिक २२, २०७९
314852179_515957246870394_3446236301527046667_n
मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा आज (मङ्गलवार) नेकपा एमालेले बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा आयोजना गरेको हो । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान गर्न र जिल्लाको विकासमा आवश्यक भूमिका खेल्न आफू उम्मेदवारको रुपमा चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकास गर्ने उद्देश्यसहित निर्वाचनमा उठेको बताउँदै आफूले म्याग्दीवासी आम जनतालाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो । सोही कार्यक्रममा प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले राष्ट्रियताको सवालमा र देशको समग्र क्षेत्रको विकासमा एमालेको स्पष्ट भिजन रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो । उहाँले यसअघि आफू जनप्रतिनिधिको हिसाबले जिल्लालाई नजिकबाट बुझ्नुका साथै जिल्लाको विकास निर्माणमा आवश्यक पहल गरेको बताउँदै थप विकासमा जनतासँग हातेमालो र विकास गर्नेगरी पुनः चुनावी मैदानमा आएको बताउनुभएको छ । एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्प पुरा गर्न एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्वय डिपी शर्मा, पशुपति शाही, बेनी नगर कमिटी अध्यक्ष एवं युवा नेता नारायण जिसी, जिल्ला सदस्य बेलबहादुर चोखाल, अनेरास्ववियुका नेता मिलन खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रम एमालेका स्थानीय नेताहरु बुद्धिबहादुर चोखाल, कृष्ण मल्ल र बाबुराम सुवेदीले अध्यक्षता गर्नुभएको थियो । यसैगरी प्रदेशसभा (२)को मल्कबाङ र मराङमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देशका गरिब, निमुखा र विपन्न समुदायको पक्षमा काम गर्ने पार्टी एमाले भएकाले आउँदो निर्वाचनमा एमालेलाई अत्यधिक भोट दिएर जिताउनुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा मराङ र मल्कबाङलाई लक्षित गरी म्याग्दीखोला तथा अर्गलामा पक्की मोटरेबल पुल निर्माणको पहल, मराङ–विम जोड्ने झोलुङ्गे पुल निर्माण, विम–मराङ–मल्कबाङ सडक विस्तार तथा विद्युतीकरणलगायत थुप्रै विकास निर्माणका कामहरु गरेको बताउँदै थप काम गर्नका लागि एमालेलाई जिताउन अनुरोध गर्नुभयो । प्रदेशसभा निर्वाचन (२)का उम्मेदवार एमाले गण्डकी प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजाले पश्चिम म्याग्दी क्षेत्रमा रहेको जडिबुटी तथा वनपैदावरको परिचालन, कृषि, पर्यटन र पूर्वाधारको विकास गरी जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो एजेण्डा रहेको सुनाउनुभयो । उहाँले प्रदेशसभा (२)अन्तर्गत मंगला, मालिका र धवलागिरि गाउँपालिकाभित्र रहेको स्रोतसाधनको परिचालनको साथै स्वदेशमै रोजगारको सिर्जना गरी युवा पलायन रोक्ने, कृषि, जडिबुटी, पर्यटन र जलविद्युतको विकास गर्ने तथा ग्रामीण क्षेत्रका सर्वसाधारण, नागरिकको आर्थिक अवस्था सुधार्न आवश्यक पहल गर्ने बताउनुभएको थियो । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यद्वय रामचन्द्र गौतम, पदमलाल सापकोटा, एमाले म्याग्दीका उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, धवलागिरि गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले जनमुखी बजेट, नीति तथा कार्यक्रम बनाएर देशको समुचित विकास गर्नका लागि एमालेलाई मतदान गरी विजयी बनाउन मतदाताहरुलाई आग्ह गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २२:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP