शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा
बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, कात्तिक २४, २०७९
8
म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरेका छन् ।   सभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा( खमविर)ले अधुरा खानेपानी र सडकका आयोजनालाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रघुगंगाको वडा नं. १ बेग, २ राखु भगवती, २ पिप्लेमा एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिई जनतालाई जिवनस्तरमा सुधार आउने योजनालाई प्राथमिकता दिने बताउनुभयो । ‘यहाँको सबै समस्या संग जानकार छु, म निर्वाचित नहुँदा पनि विभिन्न विकास निर्माण आयोजना भित्राएको यहाँहरुलाई अवगत नै छ । यस पटक हाम्रो गठबन्धनलाई जिताउनुभयो भने, यहाँको समग्र विकासको जिम्मा हामी लिन्छौँ ।’ उम्मेद्वार गर्बुजाले भन्नुभयो । उहाँले चिमखोलाबाट भगवतीमा खानेपानी ल्याउने आयोजनालाई पूर्णता दिने, यस क्षेत्रमा रहेको गुठी समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । आमसभालाई सम्बोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क)का उम्मेदवार हरि भण्डारीले गलेश्वर, पिप्ले, भगवती, बेग जोड्ने सडकलाई कालोपत्रे गर्ने योजनाको डिपिआर गर्ने काम आफ्नै अगुवाईमा भएको स्वमरण गराउदै अधुरो रहेको उक्त योजनालाई छिटो सम्पन्न गराउन भुमिका खेल्ने बताउनुभयो । यस क्षेत्रको सडक पूर्वधार निर्माण, रुईसे क्षेत्रको पर्यटन विकास, यहाँको शिक्षा युवा सशक्तिकरण र समाजिक गतिविधिमा आफु कुनैपनि पदमा रहको बेलामा समेत नेतृत्वदाही भुमिका खेलको बताउदै गठबन्धको पक्षमा मतदान गर्न आवहान गर्नभयो । ‘यहाँ गुठी प्रमुख समस्या रुपमा रहेको छ, प्रदेश सभामा पुग्ने अवसर मिलेमा त्यसको लागि आवश्यक निति निर्माण गरि समाधान गर्न म प्रतिबद्ध छु, यस क्षेत्रको सम्रग विकास र युवाहरुलाई आत्मनिर्भर बनाउने मेरो अर्को प्राथमिकता हो ।’ उम्मेद्वार भण्डारीले भन्नुभयो । ग्रामिण क्षेत्रमा शिक्षा, स्वाथ्य, खानेपानीको अवस्थामा सुधार गर्दै अत्याआवश्यक सेवा सुविधालाई बिस्तार मार्फत गाउँलाई नै शहर बनाउने कृषि र पशुपालनलाई आधुनिकरण र ब्यवसायीकरण गर्दै उधमशिलताको विकास गरी जन्मथलोमा नै आत्मनिर्भर बनाउने उहाँको भनाई थियो । आमभसामा प्रदेशसभा निर्वाचन क्षेत्र (क)का का सांसद विनोद केसी, नेपका काओवादीका प्रतिनिधि सभा सदस्यका समानुपातीका उम्मेद्वार मिन श्रेष्ठ, नेपाली कांग्रेसका उप–सभापती कर्णबहादुर भण्डारी (केबि), याम श्रेष्ठ, कांग्रेसका नेता हिमान्सु खड्का, नेकपा माओवादी केन्द्रका युवा नेता रेशम के.सीले बोलेका थिए । नेकपा माओवादीका वडा कमिटि अध्यक्ष नर बहादुर भण्डारीको अध्यक्षमा भएको कार्यक्रमा स्वागत रिम कटुवालले गर्नुभएको थियो भने संचालन कांग्रेस प्रदेश निर्वाचन क्षेत्र क का उप – सभापती सुजन बरुवालले गर्नु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  २१:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP