शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा
निस्कोट, रुम र डाडागाउँमा गठबन्धनको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
7
प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य भएको बताउनुभयो । आफ्नै बहुमत रहेको संसद दुई पटकसम्म विघटन गरेर जनमतको अपमान गर्ने, ओम्नी, ७० करोड जस्ता भ्रष्ट्राचारको काण्डमा मुछिएकालाई संरक्षण गर्ने, राष्ट्रिय मुद्दाहरुमा दोहोरो भूमिका खेल्ने ओलीबाट संविधान, देश र राष्ट्रियताको खतरा रहेकाले यसपालीको चुनावमा गठबन्धनका उमेद्वारलाई जिताउन आग्रह गरेका थिए ।   उनिहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । प्रतिनिधि सभा सदस्यका उमेद्वार तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर)ले बेलायतको सेवा र सुविधा छाडेर दुई पटक चुनाव हार्दा पनि म्याग्देलीको हक हित र विकासका लागि राजनीतिमा निरन्तर समर्पित भएको बताउनुभयो । “यहाँको समग्र विकासलाई तिब्रताका साथ अघि बढाउन पुलको काम गर्छु,” उहाँले भन्नुभयो “नीति निर्माण तहमा म्याग्देली जनताको आवाज र भावनाको प्रतिनिधित्व गराउछु ।” नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार रेशम जुग्जाली (सुविन)ले चुनावका लागि मात्र गाउँमा आएकाबाट विकास र जनताको समस्या समाधान नहुने भएकाले पाँच वर्ष खेर जान नदिनका लागि अपिल गर्नुभयो । “म २० वर्षदेखि यही भूगोलमा दुखको सेवक र सुखको साथी बनेर राजनीति गर्दै आएको छु । अझै बिसौ वर्ष मैले यही केही गर्नुछ । विगतमा विकास निर्माण सहित विभिन्न योजनामा संर्किण सोचका कारण जिल्लाको विकास हुन नसकेको गर्बुजाको आरोप थियो । आफ्नो अनुकुल र सिमित सुविधा र लाभका लागि काम गर्ने गरिएकै कारण जिल्लाको विकास नभएको भन्दै अव पाँचबर्षमा म्याग्दीको विकासमा नयाँ उचाई बनाउन गठबन्धनलाई अवसर दिन गर्बुजाले मतदातालाई अनुरोध गर्नुभएको छ। जनाएको प्रतिवद्धता पुरा गरेरै छाड्छु,” उहाँले भन्नुभयो “बर्षौ काठमाडौमा बसेर चुनावमा भोट माग्नका लागि मात्र आएकाले तपाईहरुको समस्या र आवश्यकता बुझेर काम गर्छन भन्ने के ग्यारेन्टी छ ?” नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उमेद्वार रहनुभएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले देशैभर गठबन्धनप्रति जनलहर छाएकाले अब संघ र प्रदेशको सरकार पनि गठबन्धनकै बन्ने र जिल्लाका प्रतिनिधिहरु पनि गठबन्धन दलकै हुँदा विकासका योजना भित्र्याउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेल र नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि श्रीप्रसाद रोकाले गठबन्धन कसिलो बनेकाले जित सुनिश्चित भएको बताउदै विपक्षीले फैलाएको भ्रममा नपर्न आग्रह गर्नुभयो । एमालेबाट म्याग्दीमा जितेका नेताहरु मन्त्री हुँदा समेत आफ्नो जिल्लाको लागि अपेक्षाकृत काम नगर्न नसकेको आरोप लगाउदै अब उनिहरुबाट म्याग्देलीले अपेक्षा गर्ने ठाउँ नरेको बताउनुभयो । नेपाली काँग्रेसका नेता पिपला बुढाथोकी, नेकपा एकिकृत समाजवादीका समानुपातिक उमेद्वार दुर्गा कार्कीले शान्ति प्रक्रीया, जनआन्दोलन, संविधान जारी र संघीयताको कार्यान्वयनमा सहकार्य गरेका राजनीतिक शक्तिहरुबीचको सहकार्यले राष्ट्रियताको रक्षा, संविधान कार्यान्वयन र राजनीतिक स्थिरताका साथै शुसासन कायम हुने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २२:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP