शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान
वदर मतको दर घटाउन म्याग्दीमा नमुना मतदान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
b2
बेनी । मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा वदर मतको दर घटाउन म्याग्दीका छ वटै स्थानीय तहमा नमुना मतदान गरिएको छ । निर्वाचन कार्यालय, म्याग्दीले कात्तिक २२ देखि शुक्रबारसम्म जिल्लाका विभिन्न ठाउँमा नमुना मतदान गरेको हो । प्रदेशसभा क्षेत्र (क)को बेनी सामुदायिक मावि, रघुगंगा गाउँपालिकाको ज्ञानोदय मावि र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा क्षेत्र (ख) को मंगलाको बाबियाचौर, मालिकाको दरवाङ र धवलागिरी गाउँपालिकाको धारापानीमा नमुना मतदान कार्यक्रम गरिएको हो । जिल्लाका सबै ठाउँको नमुना मतदानमा ३०० जनाले सहभागिता जनाएका छन् । मतदाता शिक्षाको अवस्था पहिचान र निर्वाचन सामग्रीको परिक्षणका लागि नमुना मतदान गरिएको हो । स्थानीयवासिन्दा, विद्यार्थी, कर्मचारीहरुले नमुना मतदानमा भाग लिएका थिए । मंसिर ४ गते हुने चुनावमा चार वटा मतपत्रमा मतदान गर्नुपर्छ । मतदानमा सहभागी भएका सर्वसधारणले चार पटक मतदान गर्नुपर्ने र धेरै चुनाव चिन्ह भएको समानुपातिकको मतपत्रमा अलमलिएको बताएका बताएका छन् । निर्वाचन आयोगको देशव्यापी कार्यक्रम अन्तरगत म्याग्दीमा कात्तिक १८ गतेदेखि ४६१ जना स्वमसेवक परिचालन भएका छन् । राजनीतिक दल र उमेद्वारहरुले पनि मतदाता शिक्षालाई केन्द्रित गरेर कार्यकर्ता परिचालन गरेको जनाएका छन् । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ५४ हजार ६७८ मत खसेकोमा ९२.४३ प्रतिशत मत सदर भएको थियो । वि.स. २०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ४७ हजार ४४९ मत खसेकोमा समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ (९.८७ प्रतिशत) र प्रदेशसभातर्फ छ हजार ७७५ (१४.२७ प्रतिशत) मत बदर भएको थियो । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४.८१ प्रतिशत र दुई वटै प्रदेशसभामा एक हजार ४८३ ३.१२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयको अभिलेख छ । प्रतिनिधीसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२ र क्षेत्र (ख) मा ३७ हजार ६४८ जना मतदाता छन् । ६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल, ११९ वटा मतदान केन्द्र र ८६ हजार जना मतदाता छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २२:५८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP