शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • रघुगंगा र मालिकामा एमालेको चुनावी सभा
रघुगंगा र मालिकामा एमालेको चुनावी सभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २५, २०७९
Uml Candidate Add
नेकपा एमाले चुनाव प्रचारप्रसार मूल परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शुक्रवार) रघुगंगा र मालिका गाउँपालिकामा चुनावी सभा सम्पन्न भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरेर चुनावी कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ । रघुगंगा–१, बेगखोला र २ राखुभगवतीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठले समृद्ध म्याग्दी बनाउनका लागि भूगोल र जनसङ्ख्यालाई ध्यान दिएर सोहीअनुसार नीति निर्माणमा आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले म्याग्दीमा खनिज पदार्थ र जडिबुटीको अपार भण्डार रहेको बताउँदै यसको उत्खनन् तथा बजारीकरणका लागि नीति बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उम्मेदवार श्रेष्ठले भन्नुभयो, ‘हाम्रो म्याग्दी जिल्ला अपार सम्भावना नै सम्भावनाले भरिपूर्ण छ । यहाँ भएका स्रोतसाधनहरुको उचित परिचालन गरेर युवालाई रोजगारी दिन सकिन्छ । त्यसका लागि आवश्यक नीति बनाउन जरुरी छ ।’ जिल्लामा उपलब्ध स्रोतसाधन परिचालन गर्नका लागि सो अनुसारको नीति आवश्यक भएकाले आफू चुनिएर गएपछि नीति बनाउन पहल गर्ने बताउँदै त्यसका लागि अहिले आफू निर्वाचनमा होमिएकाले आफ्नो अमूल्य मत दिएर विजयी बनाउन मतदाताहरुलाई अनुरोध गर्नुुभयो । प्रदेशसभा (१)का एमाले उम्मेदवार देवेन्द्रबहादुर कटुवालले रघुगंगा गाउँपालिकामा रहेको जलविद्युत, कृषि, पर्यटन र वनपैदावरको विकासमा आफूले ध्यान दिने बताउनुभयो । उहाँले राखु क्षेत्रमा रहेको खानेपानीको समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउँदै रुईसे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने बताउनुभयो । पालिकाभित्र रहेको सम्भावनालाई उजागर गर्न प्रदेश तहबाट नीति निर्माण गरेर कार्यान्वयन गर्ने बताउँदै उहाँले त्यसका लागि आफू र एमाले पार्टीलाई सुुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले केपी ओली नेतृत्वको सरकारले देशको विकासमा महत्वपूर्ण तथा थुप्रै कामहरु गरेको बताउनुभयो । उहाँले यसअघि एमालेको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरेर नेपाललाई समुन्द्रसँग जोड्ने, गुमेको भू–भाग समेटेर नयाँ चुच्चे नक्सा जारी गर्ने, देशलाई सुरुङमार्ग प्रवेश गराउने, भारतबाट पाइपमा इन्धन ल्याउने, देशभित्रै रेल तथा पानीजहाज चलाउने जस्ता काम गरेको भन्दै थप कामका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवं म्याग्दी इन्चार्ज भूपेन्द्रबहादुर थापाले आफू सांसद रहँदा म्याग्दीको समस्यालाई संसदमा बुलन्द गर्नुका साथै म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्ने, जिल्लाभित्र सडकको स्तरोन्नति तथा विस्तार गर्ने, झोलुङ्गे पुल र पक्की मोटरबल पुल निर्माणको पहल गर्ने, पर्यटकीय क्षेत्रमा पदमार्गलगायत पूर्वाधारहरुको विकास गर्ने जस्ता थुप्रै कामहरु गरेको हुँदा अब बाँकी कामका लागि पनि एमालेलाई रोज्नुको विकल्प नभएको बताउनुभयो । यसैगरी मालिका–४, ओखरबोटमा आयोजित चुनावी सभामा प्रदेशसभा (२)का उम्मेदवार यामबहादुुर गर्बुजाले ओखरबोटमा रहेको पर्यटकीयस्थल सोलेडाँडामा आवश्यक पूर्वाधारहरु निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने र म्याग्दीको पश्चिमी क्षेत्रलाई छिमेकी बागलुङसँग जोड्ने बताउनुभयो । उहाँले पश्चिम म्याग्दी क्षेत्रलाई अनुकुल हुने गरी आवश्यक नीति निर्माण गर्नुका साथै म्याग्दीको विकासमा पहल गर्ने बताउँदै त्यसका लागि काम गर्ने वातावरण मिलाउन जनतालाई अनुरोध गर्नुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, सदस्य सुवास विश्वकर्मा र एमाले म्याग्दीका सचिवालय सदस्य खरमाया बिटालुले ‘सुखी नेपाली र समृद्ध नेपाल’को सङ्कल्प पुरा गर्नका लागि नजिकै आएको मंसिर ४ गतेको निर्वाचनमा एमाले र एमालेका उम्मेदवारले जित्नुको विकल्प नभएको बताउनुभयो । उहाँहरुले आउँदो निर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताउँदै ढुक्क भएर एमालेलाई मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  २३:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP