शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमालेको चुनावी सभा जारी
एमालेको चुनावी सभा जारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक २६, २०७९
314923239_690392856003507_6832765717130151974_n
नेकपा एमालेका नेता तथा उम्मेदवाहरुले नीति निर्माणको साथसाथै अन्नपूर्ण गाउँपालिकाको विकासमा जोड दिने बताएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रमअन्तर्गत आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा र २ भूरुङ तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका एमाले उम्मेदवार हरिकृष्ण श्रेष्ठले नीति निर्माणसँगै अन्नपूर्णको विकासमा जोड दिने बताउनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका क्षेत्र व्यावसायिक कृषि उत्पादन तथा अपार जलस्रोतको भण्डार रहेको बताउँदै यसको विकासका लागि उपयुक्त नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अन्नपूर्णसहित समग्र म्याग्दी जिल्लाको विकासका लागि नीति निर्माणसँगै आवश्यक पहल गर्ने बताउँदै एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो । प्रदेशसभा (२)का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले एमाले पार्टीले विगतमा गरेका कामलाई निरन्तरता दिँदै जिल्लाको विकासमा थप पहल गर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै यसका लागि आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । अन्नपूर्ण गाउँपालिका कृषि, पर्यटन, जलविद्युत, तातोपानी कुण्डलगायत थुप्रै क्षेत्रको सम्भावना बोकेको पालिका भएको बताउँदै अन्नपूर्णको दीगो विकासका लागि आफू र एमालेलाई भोट दिएर जिताउन अनुुरोध गर्नुभयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री थममाया थापाले घोषणापत्रअनुसार एमालेले देशको विकास गर्ने र परिवर्तन ल्याउने बताउँदै म्याग्दीलाई प्रगतिको पथमा अगाडि बढाउन एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नभएको बताउनुभयो । उहाँले एमालेले देशको विकास र रुपान्तरणका लागि गरेको काम जनतामाझ घाम जत्तिकै छर्लङ्गै रहेको भन्दै जनमुखी बजेट र योजना निर्माण गरी जनतालाई दीगो विकास दिनका लागि पनि एमालेले जित्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP