शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना (तस्बिरहरू)
अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर १४, २०७९
IMG_3600
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा आज (मङ्गलवार) बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । अन्नपूर्ण गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको मिलन म्याग्दी र महिला अधिकार मञ्चले आयोजना गरेका थिएभने सुआहारा कार्यक्रम (दोस्रो) र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफोन) म्याग्दी शाखाले सहकार्य गरेका थिए । समुदायस्तरमा हुने बालविवाहले पार्ने असरको बारेमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले समुदायस्तरमा रहेको बालविवाहलाई सरोकारवाला निकाय सबै मिलेर न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले कानुनका हिसाबले २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै सानै उमेरमा विवाह गर्दा विभिन्न समस्याहरु आइपर्ने हुँदा त्यसमा अभिभावकहरुले विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । परिवार वा समुदायमा कसैले पनि कसैलाई हिंसा गर्न नहुने बताउँदै उहाँले समुदायमा हुने जुनसुकै किसिमको हिंसालाई पनि रोक्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता धर्मराज पौडेलले बालविवाह र यसले पार्ने असर तथा बालविवाह न्युनीकरण गर्नको लागि कानुनी व्यवस्थासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । यसैगरी बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले प्रजनन् स्वास्थ्य र सुआहारा कार्यक्रम म्याग्दीका वरिष्ठ कार्यक्रम विज्ञ बालकुमारी पुनले सुआहारा कार्यक्रम तथा पोषणको विषयमा सहजीकरण गर्नुभएको थियो । अन्नपूर्ण–६, घारका कार्यवाहक वडा अध्यक्ष पुष्पा बानियाँ बरुवालको अध्यक्षता, घार स्वास्थ्यचौकीका अहेव मातृकाप्रसाद जोशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अवसरमा ‘म हिंसा सहन्न, आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धतासहित व्यानरमा हस्ताक्षर समेत गरिएको थियो । यही मंसिरको ९ गतेदेखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा यसवर्ष घारमा बालविवाह न्युनीकरण तथा महिलाहरुलाई प्रजनन् स्वास्थ्यको विषयमा समेत जानकारी गराउन कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा बालविवाह तथा प्रजनन् स्वास्थ्य र पोषणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुका साथै सन्देशमूलक भिडियो डकुमेन्ट्री पनि देखाइएको थियो । उक्त कार्यक्रममा घारका महिलाहरुले उल्लेख्य रुपमा सहभागिता जनाएका थिए । नेपालमा १६ दिने अभियानको सुरुवात वि.सं. २०५४ सालदेखि भएको पाइन्छ । यस अवधिमा विविध महिलाविरुद्ध हुने हिंसाको सवालमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोबल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विश्वभर मनाउँदै आएको पाइन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३० वर्ष भैसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो । यस अभियानअन्तर्गत हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदायदेखि सबै तहसम्म विभिन्न गतिविधिहरु र कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP