शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • म्याग्दीमा २० औँ जेसिज कपको तयारी पुरा
म्याग्दीमा २० औँ जेसिज कपको तयारी पुरा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १८, २०७९
myagdi-jci-2-1536x1152 copy
बेनी । यही मंसिर २१ गते (बुधवार) देखि सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी गराईएको हो । ‘जेसिज कप फुटवल म्याग्दीको सान–नव प्रतिभा पहिचान र क्षमता प्रष्फुटन’ भन्ने नारा सहित मंसिर २१ देखि २४ गते सम्म संचालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थापन, आर्थिक संकलन, छपाई, पत्राचार, अफिसियल चयन, लगायत प्रतियोगिता संचालनका लागि आवश्यक पर्ने सवै व्यवस्थापकीय कार्यहरुको तयारी पुरा भएको प्रतियोगिताका मूल संयोजक दिनेश बानियाँले जानकारी दिनुभयो । २० औँ संस्करणको जेसज कप फुटबल प्रतियोगिताका विजेता विद्यालयलाई जेसिजकप रनिङ, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २५२ र उपविजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ३२ हजार २३२ पुरस्कारको व्यवस्था गरिएको शाखा अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । त्यस्तै सेमि फाइनलमा पुग्ने दुई टीमलाई नगद रु पाँच÷पाँच हजार पुरस्कार दिने निर्णय गरिएको छ । यो व्यवस्था भने पहिलो पटक गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा २००९ का उत्कृष्ट खेलाडी प्रकाश माविका सन्तोष छन्त्याल, सर्वाधिक गोलकर्ता माउन्ट एभरेष्टका विकास थापा र उत्कृष्ट गोलरक्षक न्यु वेष्ट पोइन्ट माविका लोकेन्द्र पुन लाई सम्मान गरिने भएको छ । यसैबर्ष देखि प्रत्येक बर्ष पुराना खेलाडीलाई सम्मान गर्ने योजना बनाएको र अर्को बर्ष २०१० का उत्कृष्ट खेलाडीलाई सम्मान गरिने शाखा अध्यक्ष खत्रीले बताउनुभयो । यसैगरि खेलाडीहरुलाई रु १ लाख सम्मको दुघर्टना विमाको पनि व्यवस्था गरिएको छ । यसबर्षको प्रतियोगितामा जिल्लाका २० देखि २२ वटा माविका २४० देखि २८० सम्म खेलाडीहरुको सहभागिता रहने खत्रीले बताउनुभयो । म्यान अफ द म्याचका खेलाडीलाई १ सेट जर्सी दिने व्यवस्था गरिएको । २० गते बेलुका ४ बजे जेसिज सचिवालयमा प्रतियोगिताको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी धमानसिंह अवार्ड, सर्वाधिक गोलकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गोलरक्षक इन्द्र अर्वाड, उत्कृष्ट डिफेन्डर सरस्वति अवार्ड, उत्कृष्ट स्ट्राइकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर माया अवार्ड, राईजिङ प्लेयर धन अर्वाड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, र अनुशासित टीम झलक खगेश्वरी अवार्ड नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको प्रतियोगिताका मुल संयोजक बानियाँले बताउनुभयो । प्रतियोगिताको टाईटल स्पोन्सर गौमती विकास कोष र प्रायोजकमा लालीगुराँस अफसेट प्रेस रहेको छ । इन्सोरेन्स पार्टनर रिलायवल नेपाल लाईफ र हेल्थ पार्टनरमा बेनी सञ्जिवनी हेल्थ क्लिनिक रहेको छ । सन २००१ बाट सुरु गरिएको अन्तर मावि जेसिजकप फुटवल प्रतियोगितामा हाल सम्म प्रकाश माविले ५ पटक, बेनी बोर्डिङले ५ पटक, माउण्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यू वेष्ट प्वाईन्ट आवासीय माविले ५ पटक जित हासिल गरेका छन । जेसिजकप फुटबलले जिल्लामा फुटबल खेलाडी तथा रेफ्रि उत्पादनमा महत्वपूर्ण टेवा पु¥याउदै आएको म्याग्दी जेसिजले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २०:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP