शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • २०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने
२०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, मंसिर २३, २०७९
bbb
म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश गरेको हो । आयोजक म्याग्दी जेसिजका शाखा सम्पादक दिनेशकुमार विश्वकर्माले शनिबार दिउँसो १० बजे बेनीको खुल्लामञ्च खेल मैदानमा फाइनल हुने जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भएको दोस्रो पटकमा शारदा मावि फाइनलमा पुगेको हो । प्रकाश मावीले यसअघि ५ पटकसम्म जेसीजकप जितेको छ । बेनी सामुदायिकसँगको सेमि फाइनलमा प्रकाश माविको तर्फबाट एक मात्र गोल गरेका रिजन पुनले प्लेयर अफ दि म्याचको उपाधी पाए । साविक विजेता र उपाधीको दावेदार मानिएको न्यु वेष्ट पाइन्ट आवासीय माविलाई क्वाटर फाइनलमा किसानी चन्द्रकुन्ताले पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोल गरेको थियो । शारदासँग किसानी चन्द्रकुन्ता १ का विरुद्ध ० गोल अन्तरले पराजित हुन पुग्यो । शारदाका मिलन दर्जीले गोल गरे भने सिमन सिउथानीले प्लेयर अफ द म्याचको उपाधी पाए । क्वाटर फाइनलमा प्रकाश मावीले बेनी बोर्डिङलाई पेनाल्टी सुट आउनमा २ का विरुद्ध ४ गोल गरेको थियो । सो खेलमा प्रकाश मावीका सन्तोष तामाङले प्लेयर अफ द म्याचको उपाधी पाएका थिए । बुधबारदेखि शुरु भएको प्रतियोगितामा १८ वटा विद्यालयले सहभागिता जनाएका थिए । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस बर्ष गौमती खत्री विकास कोषले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपैयाँ पुरस्कार प्रदान गरिने म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सय रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद ७ हजार ७७७ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमी फाइनलमा पुग्ने २ टिमलाई ५ हजार रुपैयाँका दरले उपलब्ध गराइनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी जर्सी पुरस्कार र अनुशासित टिमलाई सात हजार ७७७ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विद्यालय तहका विद्यार्थीहरुमा लोकप्रिय खेल जेसीजकप फुटबलले म्याग्दीमा खेलाडी तथा रेफ्रि उत्पादनमा योगदान गरेको छ । यसपाली सन २००९ को जेसिजकपका उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्टरलाई पुरस्कृत गरिने म्याग्दी जेसीजले जनाएको छ । जेसीजकपबाट पहिचान भएका खेल प्रतिभालाई विभिन्न विद्यालयले निशूल्क पठनपाठनको व्यवस्थाका साथै राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएका छन् । हालसम्म प्रकाश माविले ५ पटक, बेनी आवासीय माविले ५ पटक, माउन्ट एभरेष्ट आवासीय माविले ४ पटक र न्यु वेष्ट पोइन्ट आवासीय माविले ५ पटक जेसीजकप जितेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  २०:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP