शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनी बने सांसद
दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनी बने सांसद
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर २८, २०७९
lumbini pradesh1671009131
बुटवल । राजनीतिक दलका नेताहरूले श्रीमती, आफन्त र नातागोतालाई समानुपातिक कोटाबाट सांसद बनाउने गरेका घटना नयाँ होइनन्। यसपटक लुम्बिनी प्रदेश सभामा पनि यस्तै रोचक दृश्यहरू देखा पर्ने छन्। एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजु-भाइ, प्रत्यक्ष र समानुपातिकबाट सम्धी -सम्धिनी र फरक-फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द-भाउजुको  प्रदेश सभामा जम्काभेट रोचक हुनेछ। प्रदेश सभा सदस्यमा नेकपा (एमाले) बाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन्। पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमालेमा रही राजनिति गरेका थिए। भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै सक्रिय राजनीति गर्दै आएका थिए। श्रेष्ठ दाजुभाइ एकै पटक लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुने भएका हुन्। दाजु भोजप्रसाद रुपन्देही क्षेत्र नम्बर २ (२) बाट निर्वाचित हुँदा भाइ राजुप्रसाद पाल्पा क्षेत्र १ (१) निर्वाचित भएका हुन्। २०५४ सालमा तत्कालीन बुटवल नगरपालिकाको मेयरमा निर्वाचित भएका भोजप्रसाद यसअघि २०७४ सालमा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए। भाइ राजुप्रसादको भने यो पहिलो संसदीय यात्रा हो। एमालेबाटै प्रत्यक्ष निर्वाचित भूमिश्वर ढकाल र समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी बसन्ती न्यौपाने सम्धी-सम्धिनी हुन्। ढकालकी छोरी र न्यौपानेका छोरा अघिल्लो वर्ष वैवाहिक सम्बन्धमा बाँधिएका थिए। उनीहरू पनि अहिले सँगसँगै प्रदेश सभा सदस्य बन्ने मौका पाएका छन्।ढकाल रूपन्देहीको क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्षमा निर्वाचित हुँदा न्यौपानेलाई भने एमालेले बाँकेबाट समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनाएको हो। यसअघि २०७४ सालमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढकालले एमालेबाट प्रदेश सभामा प्रमुख सचेतक रहेर जिम्मेवारी निर्वाह गरेका थिए। न्यौपानेको भने संसदीय यात्रा पहिलो हो। बाँकेमा रही अखिल नेपाल महिला संघ हुँदै एमालेको राजनीतिलाई अगाडि बढाएकी न्यौपाने यसअघि नै स्थानीय तह र प्रदेशमा समेत उम्मेदवारको दाबी गर्दै आएकी थिइन्। यसपटक भने ढकालले गरेको लबिङ र जोडबलका कारण न्यौपानेलाई समानुपातिकबाट सांसद बन्न सहज बनेको एमालेका एक नेताले बताए। ‘पार्टीमा गरेको योगदान र उहाँमा भएको क्षमताको बारेमा प्रश्न गर्ने ठाउँ छैन तर, नेताहरूका परिवार, आफन्त र नातागोताले मात्रै अवसर पाउँदा आफ्ना कोही नभई राजनीति मात्र गरेकाहरू सधैँ अवसरबाट बञ्चित हुने गरेका छन्,’ ती नेताले भने। लुम्बिनी प्रदेश सभामा समानुपातिक कोटाबाट सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्द भाउजु हुन्। न्यौपाने भाउजु हुन् भने घिमिरे नन्द हुन्। लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसंघको जिल्ला र केन्द्रीय नेतृत्वमा समेत पुगेका न्यौपाने र घिमिरे प्रदेश सभा सदस्यमा भने दुई फरक राजनीतिक दलबाट सिफारिस भएका हुन्। न्यौपानेलाई एमालेले प्रदेश सभा सदस्य सिफारिस गर्दा घिमिरेलाई नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सभा सदस्य बनाएको हो। घिमिरेले एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन्। एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेश सभामा सो पार्टीकी एकमात्र सांसद हुन्। एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन। समानुपातिकबाट पाएको एकमात्र सिटमा घिमिरेलाई सिफारिस गरेको हो। यस्तै एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेश सभा सदस्य  कृष्ण न्यौपानेकी पत्नी हुन्। अनेमसंघकी केन्द्रीय सदस्य रहेकी जानकीलाई समानुपातिकमा सुरक्षित गरेर कृष्णले अहिले पनि प्रत्यक्षमा निर्वाचन लड्न पहल गरेका थिए। तर राप्रपासँगको तालमेलमा रूपन्देही क्षेत्र नम्बर १ (१) राप्रपाका आशिष चौधरीलाई छोड्दा पछि श्रीमतीको समानुपातिक सिट सुनिश्चित गरिदिएका थिए। १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ८७ जना सांसद छन्। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद रहेको लुम्बिनी प्रदेश सभा यसपटक भने दाजु-भाइ, नन्द-भाउजु र सम्धी-सम्धिनीको जम्काभेटले रोचक बन्ने छ। सेतोपाटी
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP