शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला
पाल्पामा जग खन्ने क्रममा भेटिए तोपका गोला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ५, २०७९
top (2)
बुटवल । पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्। पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो। जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष पुराना तोपका गोला फेला परेका हुन्। जेसिभीले जग खनिरहँदा गोलाहरू भेटिएकोबारे नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको छ। ठूलो संख्यामा गोलाहरू निकालेर बाहिर निकालिएको छ भने अझै पनि जमिनमुनि ठूलो संख्यामा गोलाहरू रहेका छन्। जग खनिएको स्थानमा जमिनमा माथिल्लो सतहमै गोलाहरू देखिएका छन्। सिल्खान टोलमा नेपाली सेनाले अतिथि गृह निर्माणको लागि जग खनिरहेको थियो। गाडिएको अवस्थामा माटोका घैंटाजस्तै भेटिएका गोलाहरू कतिपय हातमा अट्ने आकारका छन् भने कतिपय ठूलो आकारका समेत रहेका छन्। भिमसेन थापाको पालादेखि नै नेपाली सेनाले पाल्पाबाट इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनासँग युद्ध लड्दै आएको थियो। कर्णेल उजिर सिंह थापाको कमाण्डमा भएको दुई पटकको युद्धमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको थियो। अहिले जमिनमुनि भेटिएका तोपका गोलाहरू सोही समयका हुन् वा अन्य समयका हुन् भन्ने विषयमा अझै यकिन हुन नसकेको नेपाली सेनाले जनाएको छ। पाल्पास्थित नेपाली सेनाले तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराई आफ्नो निगरानीमा सुरक्षित राखेको जनाएको छ। सेतोपाटी
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP