शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • घारका महिलालाई सर्वोत्तम पीठो उत्पादनको तालिम, उद्योग सञ्चालनको आवश्यक सामग्री हस्तान्तरण (तस्विरहरु)
घारका महिलालाई सर्वोत्तम पीठो उत्पादनको तालिम, उद्योग सञ्चालनको आवश्यक सामग्री हस्तान्तरण (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस ८, २०७९
IMG_4780
प्रताप बानियाँ म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र अन्नपूर्ण गाउँपालिका म्याग्दीको आर्थिक सहयोग एवं सुआहारा कार्यक्रमको प्राविधिक सहयोग रहेको तालिम मिलन म्याग्दीको आयोजना र अन्नपूर्ण–६, घारको वडा कार्यालयको सहकार्यमा सञ्चालन गरिएको थियो । ७ दिनसम्म चलेको तालिममा घारका आमा समूह र कृषक समूहमा आबद्ध ३३ जना महिलाहरुले सहभागिता जनाएका थिए । यही पुस महिनाको १ गतेबाट सुरु भई हिँजो (बिहीबार) सकिएको तालिमको सुआहारा कार्यक्रमका पोषण विज्ञद्वय राजेन्द्र अधिकारी, बालकुमारी पुन, कृषि तथा वन विज्ञान विश्वविद्यालय पोखराका सहायक प्राध्यापक अर्जुन सुवेदी र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्मालगायत सरोकारवाला निकाय कार्यालयबाट सहजीकरण गरिएको थियो । तालिममा प्रशिक्षकहरुले सर्वोत्तम पीठो उत्पादनको तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी प्रशिक्षकहरुले उद्योग दर्ता र सञ्चालन प्रक्रिया, जाम निर्माण, उत्पादित तरकारीको सुकुटी बनाउने तरिका, कुकिज तथा लड्डु बनाउने विधिलगायत विषयमा पनि सहजीकरण गर्नुभएको थियो । तालिमको अवसरमा स्थानीयस्तरमा उपलब्ध मकै, गहुँ र भटमासको सम्मिश्रण गरेर सर्वोत्तम पीठो बनाई कुकिज र लड्डु समेत बनाएर प्रदर्शन गर्नुका साथै मुक्तिमार्ग माध्यमिक विद्यालय घारका बालबालिकाहरुलाई खुवाइएको थियो । उक्त तालिम समापनको अवसर पारेर सुनौलो हजार दिनका महिलाहरुलाई सर्वोत्तम पीठो वितरण गरिएको थियो । उक्त कार्यक्रमको अवसरमा उद्योग स्थापना र सञ्चालन गर्नका लागि पशुुपति बरुवालको अध्यक्षतामा तदर्थ समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा नानीमाया बरुवाल, सचिवमा सुशीला कार्की, कोषाध्यक्षमा शर्मिला खड्का, सहसचिवमा विष्णु बरुवाल, सदस्यहरुमा ज्ञानु बरुवाल, सपना बरुवाल, यमुना बरुवाल, सरस्वती बरुवाल, रिता बरुवाल, शान्ति बरुवाल, विना विश्वकर्मा र जानकी बरुवाल रहनुभएको छ । सोही अवसरमा घारमा सर्वोत्तम पीठो उत्पादन गर्नका लागि उद्योग स्थापना र सञ्चालनमा आवश्यक पर्ने तौल तथा सिलप्याक मेसिन, ड्रम, टिनको बाकस, कराई, बाल्टिन, स्टिल चम्चा, चाल्ने भाँडो, त्रिपाल, प्याकिङ प्लाष्टिकलगायत औजार सामग्रीहरु कार्यक्रमबाट हस्तान्तरण गरिएको थियो भने गाउँपालिकाले कुटानी गर्ने विद्युतीय मिल उपलब्ध गराएको छ । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दैै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरु व्यावसायिक रुपमा उद्यमी बन्नुपर्ने र यसका लागि पालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । सुआहारा कार्यक्रमका निर्देशक ब्रह्मध्वज गुरुङले तालिमबाट सहभागीहरुले आफ्नो दक्षता हासिल गर्नुपर्ने बताउँदै सहयोग गर्ने सम्पूर्ण निकायहरुलाई धन्यवाद दिनुभयो । सुआहाराका पोषण विज्ञ राजेन्द्र अधिकारीले तालिम अवधिभरमा सिकाइएको ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतारेर सफल उद्यमी बन्नुपर्नेमा जोाड दिनुभयो । घारका वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता र मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय चिनबहादुर पुन र क्षेत्रबहादुर बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सहभागी जानकी बरुवालले अनुभव सुनाउनुभयो । कार्यक्रमको अवसरमा निर्देशक गुरुङको एक टोलीले अन्नपूर्णको दाना र घारमा सुआहाराद्वारा प्रवद्र्धन गरिएका स्थानीय स्रोतव्यक्तिले गरेको कुखुरापालन व्यवसाय र तरकारी खेतीको स्थलगत अनुगमन समेत गरेको थियो । बहुक्षेत्रीय पोषण योजनाको लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले स्थानीय आमा एवं महिला कृषक समूहहरुलाई बालबालिका, किशोरकिशोरी र समग्र समुदायको पोषण अवस्था सुधार गर्न तालिम सञ्चालन गरिएको आयोजक संस्था मिलन म्याग्दीले जनाएको छ । साथै स्थानीयस्तरमा उपलब्ध विभिन्न अन्न, गेडागुडीबाट सर्वोत्तम पीठो तयार गरी यसबाट विभिन्न स्वादका पोषिलो लड्डु, कुकिज, नमकिन बनाएर विद्यालयको दिवा खाजालगायत समुदायमा व्याप्त बजारिया खाजाको प्रतिस्थापन गर्ने लक्ष्य लिइएको छ । सर्वोत्तम पीठोबाट बन्ने परिकारको प्रयोग गर्न साथै घरेलु उद्योगको रुपमा विकास गरी स्थानीय महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै समुदायमा रैथाने बालीको संरक्षण गर्न तथा दीगोपना दिनका लागि यो तालिमले सहयोगी भूमिका खेल्ने अपेक्षा पनि गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP