शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको घारमा महिला सशक्तिकरण कार्यक्रम
महालक्ष्मी लाइफ इन्स्योरेन्सको घारमा महिला सशक्तिकरण कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस ९, २०७९
Aabhar- PMV
म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बिहीबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय घारको सहकार्य, मिलन म्याग्दीको समन्वयमा महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरण कार्यक्रमले समुदायका महिलाहरुलाई अगाडि बढ्न प्रेरित गर्नुका साथै सक्षम बनाउनेमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । घारका वडा अध्यक्ष रामबहादुर खड्काले महिलाहरुको लागि सशक्तिकरण जरुरी रहेकाले यस्ता कार्यक्रमहरुले उनीहरुको क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले बीमाको परिभाषा, उद्देश्य, आवश्यकता, बीमा कसरी गर्ने, महिलाहरुलाई आर्थिक सशक्तिकरणको भूमिकालगायत विभिन्न विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूह तथा कृषक समूहका गरी ३७ जनाले सहभागिता जनाएका थिए । म्याग्दीमा पहिलोपटक अन्नूर्णको घारबाट महिला सशक्तिकरण कार्यक्रम सुरु गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । घारका वडाध्यक्ष खड्काको अध्यक्षता, दुर्बिनडाँडा कृषक समूहका सदस्य सरिला बरुवाल खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा मालिका कृषक समूहका अध्यक्ष सपना बरुवाल र सर्वोत्तम पीठो उत्पादन समूहका सचिव सुशीला कार्की बरुवालले तालिम कार्यक्रम प्रभावकारी र उपयोगी रहेको भन्दै अनुभव सुनाउनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १७:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP