शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • नारच्याङमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम
नारच्याङमा नेतृत्व विकास तथा उद्घोषणकला तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २१, २०७९
IMG_5742
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिमबाट सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुको नेतृत्व तथा क्षमता विकासमा सहयोग पु¥याउने बताउँदै आउँदा दिनमा रचनात्मक कार्यमा गाउँपालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष टकबहादुर पुनले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया पूर्जा पुन गुरुङले गाउँका महिलाहरुमा नेतृत्व तथा क्षमताको विकास गराउनका लागि वडा कार्यालयको सहयोगमा तालिम आयोजना गरिएको बताउनुनुभएको थियो । तीन दिनसम्म चलेको तालिममा नारच्याङको आमा समूह, युवा क्लब तथा स्वास्थ्यचौकीबाट सहभागिता जनाएका थिए । तालिमका प्रशिक्षक तथा पत्रकारहरु सुष्मा पौडेल, स्मिता अधिकारी र प्रताप बानियाँले नेतृत्व विकास, उद्घोषणकला, सकारात्मक सोच, वैठक सञ्चालन, माइन्युट उठाउने र उत्प्रेरणालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम आमा समूहका अध्यक्ष गुरुङको अध्यक्षता, सदस्यद्वय तारादेवी रन्तिजाको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागी यामकुमारी पूर्जा, झरना शाही र चिना थजालीले अनुभव सुनाउनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २०:४४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP