बेनी । म्याग्दीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा संचालनमा रहेका मिडियाहरु धरासय बन्दै गएको समयमा नागरिकले सूचना पाउने अबस्था पनि कमजोर हुँदै जाने बताउनुभयो ।
[caption id="attachment_65292" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
जिल्लामा संचालनमा रहेको एक मात्र रेडियो म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको विकासका लागि नगरपालिकाले सक्ने सहयोग गर्ने बताउनुभयो । जिल्लामा एउटा रेडियो आवश्यक समेत रहेको बताउदै यसलाई प्रभावकारी बनाउन समय अनुरुप यसको विकास गर्नुपर्नेब उहाँको भनाइ थियो ।
[caption id="attachment_65287" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
साधारण सभामा बेनी नगरपालिका–वडा नं.८ का अध्यक्ष उत्तमकुमार कमार्चाय, नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष एवम् जिल्लाका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमले हाल प्रविधिले फड्को मारिरहेकाले त्यस संग प्रतिस्पर्धा गर्न नसक्दा संस्था कमजोर हुँदै गएको बताउनुहुदै उहाँले प्रविधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र भिजनका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकको बताउनुभयो ।
[caption id="attachment_65288" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानीयाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित पारित गरको छ ।केबल र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा केबल तर्फ ३३ लाख, ९१ हजार, ४८८ आम्दानी गरेको छ । भने खर्च तर्फ ६१ लाख ३४ हजार, ८९५ रुर्पयाँ खर्च गरेको छ । जसमा केवल तर्फ, २३ लाख ५२ हजार, २८६ रुपैयाँ, एफएम तर्फ १० लाख ३९ हजार १८२ रुपैयाँ आम्दानी भएको र खर्च तर्फ केवल तर्फ ५२ लाख, ५१ हजार, ३५१ रुपैयाँ, रेडियो तर्फ ८ लाख ८३ हजार, ५४४ रुपैयाँ खर्च भएको कोषाअध्यक्ष बानियाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
[caption id="attachment_65286" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
त्यस्तै म्याग्दीकाली र पोखरा इन्टरनेटको ५०÷५० प्रतिशत लगानीमा संचालनमा रहेको इन्टरनेट तर्फ संस्थाको ५०, ५० प्रतिशत लगानीमा संचालित इन्टरनेट तर्फ कुल आम्दानी १ करोड ३७ लाख १२ हजार, ३८ रुपैयाँ रहेकोमा खर्च तर्फ ७४ लाख, ५५ हजार, ४७७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
[caption id="attachment_65291" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
२०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । संस्था द्वारा म्याग्दीकाली इन्टरनेट, म्याग्दीकाली एफ.एफ र पोखरा इन्टरनेट संचालित छ । कार्यक्रम संस्थाका अध्यक्ष बिजय कुमार श्रेष्ठको अध्यक्षता, सदस्य एवम् इन्टरनेट संयोजक ध्रुर्ब सुबेदीको स्वागत, सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
[caption id="attachment_65289" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]