शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा
न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २४, २०७९
IMG_5960
म्याग्दी ।‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको हिँजो (शनिवार) सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो । कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ लाख ३४ हजार चारसय रुपैयाँ शेयर पुँजी, निक्षेप बचततर्फ ६९ करोड ९७ लाख ५० हजार छ सय ६५ रुपैयाँ र कर्जा लगानी ७३ करोड ६० लाख छ हजार दुईसय २८ रुपैयाँ रहेको छ । जगेडा कोष दुई करोड ६९ लाख ३३ हजार ५७ रुपैयाँ रहेकोमा कुल आम्दानी १० करोड ८७ लाख ७७ हजार दुईसय एक र खर्च नौ करोड ५८ लाख ७७ हजार आठसय ४५ रुपैयाँ रहेको सहकारीले जनाएको छ । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले प्रगति, कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुतर्फ ज्योती रिजाल, अस्मिता जिसी र सिर्जनादेवी शर्मा आचार्यलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको उपाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार रमेश घर्तीले सहकारी संस्थाहरु सहकारीको नीतिनियम र सिद्धान्तअनुसार चल्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विश्व नै आर्थिक मन्दीमा फसिरहेको अवस्थामा सहकारीहरु पनि आर्थिक समस्यामा परिरहेको बताउँदै सहकारीको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारी रजिष्टार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्र उपसमिति संयोजक हेमन्त थापा, शेयर सदस्यद्वय सीता सापकोटा र सुजन बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य कृष्णकुमार शेरचनले स्वागत गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २०:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP