शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारणसभा
बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस २४, २०७९
DSC_0179
बेनी। बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बेनीमा एक कार्यक्रमको विच संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको हो । संस्थाले बेनी र आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी बि‍.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर क्षेत्रका ११ सय ४ घरधुरीमा धारा जडान गरिएको छ । [caption id="attachment_65363" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाख रुपैयाँको लागतमा सञ्चालित आयोजनाले गत आवमा ६२ करोड २६ लाख ६८ हजार खानेपानी आपूर्ती भएको थियो । ३५ करोड ६८ लाख ५१ हजार लिटर पानी बिक्री गरी २ करोड ९९ लाख ९५ हजार ४०१ रुपैयाँ  आम्दानी गरेकोमा सञ्चालन सहित अन्य खर्च कटाएर ७ लाख २७ हजार १६० आम्दानी गरेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ । [caption id="attachment_65364" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण भइरहेको संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो ।साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाकाका मेयर सुरत केसीले शुद्ध एवं स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गर्नुभयो । उहाँले आयोजनामार्फत २४ घण्टै खानेपानी वितरणको वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । नगरबासीलाई स्वस्छ र शुद्ध खानेपानीका लागी वडास्तरमा समेत आवश्यक योजनाहरुलाई प्राथमिकता दिएको बताउँदै बजारबासीलाई नियमित खानेपानी वितरणको क्रममा हुने अवरोधलाई पन्छाउँदै जानुपर्ने बताउनुभयो । बेनीबजारमा जनसंख्याको चापलाई मध्यनजर गरी पूर्वाधार विस्तार आवश्यक रहेको बताइएको थियो । साधारणसभामा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका बोल्ने अन्य बक्ताले समुदायको सक्रियतामा सञ्चालित योजनाहरुको प्रभावकारीकताको एउटा नमुना समेत संस्था बन्न सफल भएकाले बर्खाको समयमा हुने अवरुद्धलाई हटाउन सकेमा बजारबासीलाई सहज हुने बताएका थिए । संस्थाले नगर विकास कोषलाई १ करोड २२ लाख १८ हजार ९३० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा गत आवमा १६ लाख ६९ हजार २६८ रुपैयाँ भुक्तानी गरी १ करोड ५ लाख ४९ हजार ६६१ रुपैयाँ भुक्तानी गर्न बाँक् िरहेको रहेको सचिव राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे तथा कोप्रे खोलाबाट प्रति सेकेण्ड १२ लिटर पानी आपूर्ती भएकोमा पुनः निर्माणपछि प्रति सेकेण्ड २० लिटर आपुर्ती गर्न सक्ने अवस्थामा पुगेको उपाध्यक्ष रमेश गिरीले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षती पुग्दा खानेपानी आपूर्तीमा समस्या भइरहेको अवस्थामा पटकपटक मर्मतमा समेत खर्च गर्नुपर्ने बाध्यता रहेको संस्थाले जनाएको छ ।  
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  २१:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP