शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी
मगर सांस्कृतिक उत्सवको अन्तिम तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २९, २०७९
324852542_1212870186248131_4662133773813862590_n
पोखरा । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको आयोजनामा हुने “मगर सांस्कृतिक उत्सव–२०७९”को तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ३० गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सरिता सारू मगरले जानकारी दिनुभयो । असहाय तथा विपन्न परिवारको सहयोगार्थ आयोजित कार्यक्रममा वरिष्ठ लोकगायिका एवं अभिनेत्री कविता आलेमगर र पत्रकार रूद्रबहादुर श्रीसमगरलाई सम्मान गरिन लागेको अध्यक्ष सारूमगरले जानकारी दिनुभयो । त्यसैगरी, कार्यक्रममा चर्चित कलाकारहरू ज्योति मगर, कुमार पुनमगर, गीता पाइजामगर र नवीन रानामगरलगायतका कलाकारको प्रस्तुती समेत रहने भएको छ । उत्सवमा मगर जातिमा प्रचलित घाँटु, सोरठी, कौरा, सालैजोलगायतका सांस्कृतिक प्रस्तुती समेत राखिएको सचिव वसन्ती थापामगरले जानकारी दिनुभयो । सचिव थापामगरका अनुसार सो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका मन्त्री पञ्चराम गुरुङले गर्नुहुनेछ । कार्यक्रममा खर्च कटाएर बचत भएको रकम असहाय तथा विपन्न परिवारको सहयोगमा खर्च गरिने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०९:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP