शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • सन्दर्भ दोस्रो गलकोट घुम्टे महोत्सव २०७६
सन्दर्भ दोस्रो गलकोट घुम्टे महोत्सव २०७६
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, कात्तिक ३०, २०७६
ghumte

थम्मन थापा
बागलुङ,शनिबार कात्तिक ३० गते ।

झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गईरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई दृढतापुर्वक अगाडी बढाईएको छ ।

केन्द्रले गलकोट सँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासी सँगको अन्तरकृया तथा भेटघाटलाई सकृयता पुर्वक अगाडी बढाएको छ । २०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिदै गर्दा त्यसको व्यवस्थापन कसरी गर्ने महोत्सवमा स्थानिय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा आवश्यक गृहकार्य चलिरहेको छ । महोत्सवमा स्थानिय कला संस्कृति झल्कने हाम्रा लोक संस्कृतिहरु लोप हुन लागेको भन्दैं महोत्सवमा स्थानिय कला र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेक प्रदर्शन गर्ने तयारी भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।

मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका वडा नं ५ हरिचौर बसाहफाँटमा हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्ने उद्येश्य सहित विभिन्न जातजातिमा आधारित मौलिक, कला संस्कृतिहरु प्रर्दशन गर्न लागिएको थापाले बताउनु भयो । गलकोटमा रहेका स्थानिय कला संस्कृति सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरु सँगै स्थानिय कला संस्कृति झल्कने झाँकीहरु र जात्राहरु समेत प्रर्दशन गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताउनु भयो । महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला सँस्कृतिको समेत पर्दशन गरिने केन्द्रका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई पनि विशेष प्रस्तुतीका साथमा राखिने गलकोट घुम्टे पर्यटन केन्द्रका सचिव सेर बहादुर थापाले जानकारी दिनुभयो ।
बागलुङ जिल्लाको गलकोट क्षेत्र कला संस्कृतिले भरिपुर्ण भएको ठाँउ मानिए पनि विभिन्न कारणले गर्दा गलकोटमा रहेका कला सँस्कृति पछिल्लो समय लोप हँदै गईरहेका छन् । गलकोटमा विभिन्न जातजातीको बसोबास रहेको छ । त्यि जातजातीहरुका पनि आफ्नै कला संस्कृतिहरु रहेका छन् ।

ती कला संस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, संस्कृतिहरु अहिले लोप हुने अवस्थामा रहेका छन् । अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण गर्नको लागि लिपिवद्व गरिसकेको बेला परम्परागत कला सँस्कृतिलाई जगेर्ना गर्नुपर्ने र लोपोन्मुख कला सँस्कृतिलाई जीवन्त राख्नुपर्ने सरोकारवालाको भनाई छ ।
महोत्सवले गलकोट क्षेत्रको पर्यटन, कृषि, कला, संस्कृतिलाई खेलकुद लगायतलाई थप उचाईमा पुर्याउँदै आन्तरिक तथा बाह्य पर्यटन आवागमनमा वृद्वि हुने अपेक्षा लिईएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  २२:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP