शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा
राष्ट्रिय मगर संघ अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन,अध्यक्षमा बुदुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर १, २०७६
magar sanggha 7

सुरेन गुरुङ
पोखरेबगर ,आइतबार मंसिर १ गते ।

नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार नारच्याङमा एक कार्यक्रमका विच प्रथम अधिवेशन सम्पन्न भएको हो । प्रथम अधिवेशनबाट अध्यक्षमा मिन बहादुर बुदुजा संगै उपाध्यक्षमा बिमल पुन ,सचिवमा श्याम पुर्जा ,सहसचिवमा रुप पाईजा ,कोषाध्यक्षमा विनिता तिलिजा तथा सदस्यहरुमा रुपबहादुर पुन ,गोपाल पुर्जा,धनबहादुर गर्बुजा ,इन्द्र बहादुर तिलिजा ,यामकुमारी सोन्तन्जा ,महिना तिलिवा ,नारायण पाईजा ,तुलबहादुर गर्बुवा ,खगेन्द्र कुमारी फगामी ,रिमबहादुर पुर्जा बखन बहादुर पुर्जा र बविता पुर्जा रहेको नयाँ कार्यसमिती चयन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रे जिल्लाकार्य समिति म्याग्दीका सभापति खम बहादुर गर्बुजा ‘खम्बिर’ले नयाँ कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सभापति खम्बिरले मगर समुदायको हकहित र अधिकारका लागि सबै मगरहरु एक हुनुपर्नेमा जोड दिनुभयो । मगर समुदायको मौलिक कला संस्कृती तथा लोपोन्मुख भाषा पहिचानलाई संरक्षण र प्रवद्र्धनमा सरकारले चासो नदेखाएको सभापति खम्बिरको आरोप छ । राज्यको सबै निकायमा मगर समुदायलाई उपस्थिती गराउन सबैले जोड दिनुपर्ने बताउनुभयो ।

यसैगरी अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले मगर समुदायको हकहित र अधिकार प्राप्तीका लागि सबै एक हुन आवश्यक रहेको औंल्याउनुभयो । मगर समुदाय संगै अन्य समुदायको मौलिक कला संस्कती तथा भाषा संरक्षणका लागि गाउँपालिकाले जोड दिएको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो ।

कार्यक्रममा जलजला गाउँपालिकाकी उपाध्यक्ष सिमा पुन ,रघुगंगा गाउँपालिकाकी उपाध्यक्ष कमला तिलिजा ,ओम छन्त्याल ,केबि भण्डारी ,राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य बोम बहादुर पुन,नेपाल महिला संघ जिल्ला कार्यसमिती म्याग्दीकी अध्यक्ष बिमला गौचन , जिल्ला समन्वय समिति सदस्य मेखबहादुर बर्गुजा बेलबहादुर पुर्जा र टंकप्रसाद पुनको उपस्थिती रहेको थियो । साथै सोही अवसरमा एक सय बढीलाई नयाँ सदस्यतापत्र वितरण गरिएको थियो । राष्ट्रिय मगर संघ,जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष हिराबहादुर पुनको अध्यक्षता तथा खिमकुमारी पुर्जा (खिमा)काे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०९:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP