शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना ,सहयोगी दाताहरुलाई सम्मान
छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा १ करोडको कोष स्थापना ,सहयोगी दाताहरुलाई सम्मान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २०, २०७९
329017775_1891628591176194_496027086041539579_n
काठमाडाैं ।  छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । विहिबार नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग गर्ने स्वदेश तथा विदेशमा रहेका छन्त्यालहरुलाई कदर पत्र प्रदान गरि सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी तथा जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले अल्पसंख्य छन्त्याल जातिले इतिहास र भाषा संरक्षणको लागि ठूलो राशीको कोष स्थापना गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै कोषले लक्ष्य प्राप्ती गरोस् भन्ने शुभेच्क्षा प्रकट गर्दै, सबै जातिले आर्थिक समृद्धि संगै भाषाको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउनु भयो । यसका लागि महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा संस्थालाई अतुलनिय योगदान पु¥याउनु हुने संस्थाका पूर्व अध्यक्ष तथा संरक्षकहरु मनचिन घरब्जा छन्त्याल र चित्रबहादुर घरब्जा छन्त्याललाई नगद १ लाख सहित सम्मान पत्र प्रदान गरिएको छ । नेपाल छन्त्याल संघ र फाउण्डेशनको संयुक्त रुपमा आयोजित सो कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष मनमोहन बुढाथोकी छन्त्यालले नेपाल छन्त्याल संघले स्थापनाकाल देखि नेपाल आदिवासी जनजाति महासंघमा पु¥याएको योगदानको चर्चा गर्दै के कति कारणले छन्त्याल संघ सो महासंघको संस्थापक सदस्य संगठनको सुचिमा नरहेकोतर्फ ध्यानाकर्षण गर्दै यस विषयमा प्रमुख अतिथि तथा अध्यक्ष ज्युले आबश्यक सहयोग गर्न अनुरोध गर्नुभयो। स्वागत भाषण फाउण्डेशनका कोषाध्यक्ष तथा छन्त्याल महिला संघका अध्यक्ष थममाया भलञ्जा छन्त्याले गर्नु भएको सो कार्यक्रम फाउण्डेशनका अध्यक्ष शिवप्रसाद घरब्जा छन्त्यालले कोषलाई स्वदेश लगायत बेलायत, अमेरिका, कोरिया, अष्ट्रेलिया तथा अन्य देशमा रहनु भएका ७९ जना छन्त्यालहरुले न्युनतम ११ हजार देखि २० लाखसम्म आर्थिक सहयोग प्रदान गरेको विवरण प्रस्तुत गर्नु भएको थियो । फाउण्डेशनका सचिव दिपबहादुर भलञ्जा छन्त्यालले संचालन गरेको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा संरक्षक इन्द्रजीत भलञ्जा छन्त्यालले सर्वमान्यले छन्त्याल जातिको लागि दिनु भएको योगदानको स्मरण गर्नु हुँदै, समाज सेवा पैसा र पदले होईन स्वस्थ भावनाले गर्न अपिल गर्नु भयो भने फाउण्डेशनका स्थापनाका लागि बेलायमा रहदा बिशेष भुमिका निर्वाह गर्नु हुने जगनारायण तथप्जा र सर्वमान्यका पारिवारिक प्रतिनिधि जगेन्द्र भलञ्जाले मन्तव्य राख्नु भएको थियो । सो अवसरमा स्व, दिलबहादुर घरब्जालाई छन्त्याल जातिको पहिचानको अभियानमा लाग्न प्रेरित गर्ने र यसका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुँने म्याग्दी जिल्ला ताकम स्थायी घरभई हाल अमेरिकामा रहनु भएका साहित्यकार होमनाथ सुवेदीलाई फाउण्डेशनले मानार्थ सदस्य प्रदान गरी सम्मान गर्ने घोषणा गरेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०८:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP