शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • चिमखोला र कुईनेमङ्गलेमा महालक्ष्मीको महिला सशक्तिकरण कार्यक्रम
चिमखोला र कुईनेमङ्गलेमा महालक्ष्मीको महिला सशक्तिकरण कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २३, २०७९
327076598_3549778825255444_2874717529109853416_n
म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार र आइतबार उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला तथा ८ नम्बर वडा कुईनेमङ्गलेमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’को अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर बिराज आचार्यले महिलाहरुमा आर्थिक सशक्तिकरण हुन जरुरी रहेको बताउनुभयो । उहाँले गरिबी तथा विपन्न र आर्थिक परनिर्भरताको कारणले गर्दा नै समुदायमा महिला हिंसा हुने बताउँदै हिंसाको न्युनीकरण गर्नको लागि महिलाहरु आयआर्जन एवं आत्मनिर्भरताको क्षेत्रमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । बेनी अस्पतालमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)को प्रमुख समेत रहनुभएका मेडिकल अधिकृत डा. आचार्यले आर्थिक र अन्य हिंसाको फरक छुट्याउँदै ओसिएमसीको सेवासुविधाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवाको प्रयोग गर्न आग्रह गर्नुभयो । सोही कार्यक्रममा चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजाले जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रमा महिलालक्षित सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षत्रीय प्रमुख जमुना आचार्यले महिला तथा आर्थिक सशक्तिकरण, बीमाको जानकारी, बचत तथा लगानी गर्ने बानीको विकास, सचेतनालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उहाँले एउटा गृहणी महिलाले स–सानो बचत कसरी सङ्कलन गर्ने र त्यसलाई लगानीमा कसरी परिचालन गर्ने भन्ने विषयमा सिकाउनुभएको थियो । कार्यक्रममा आत्मरक्षा तालिमको प्रशिक्षक चन्द्रा घले, सहभागीद्वय निर्मला गर्बुजा पुन र पोमाया पुनले मन्तव्य तथा समीक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका सदस्य धनकुमारी सुनार खातीको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तथा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको स्वागत, एजेन्सी म्यानेजर एवं हिमालयन महिला बचत तथा ऋण सहकारी संस्था चिमखोलाका प्रवन्धक विनिता पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा चिमखोलाका ५५ जनाले सहभागिता जनाएका थिए । यसैगरी रघुगंगा–८, कुईनेमङ्गलेमा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्सको महिला सशक्तिकरणसम्बन्धी विषयमा अन्तत्र्रिmया गरिएको छ । रघुगंगा गाउँकार्यपालिका सदस्य प्रिती गर्बुजाको अध्यक्षता, डा. आचार्यको प्रमुख आतिथ्य, इन्स्योरेन्सका एजेन्सी म्यानेजर तथा रितुङ माविका शिक्षक गीता फगामी छन्त्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा कुईनेमङ्गलेका ९५ जनाले सहभागिता जनाएका थिए । महालक्ष्मी लाइफ इन्स्योरन्सका एजेन्सी म्यानेजर बिटालु, प्रशिक्षक घले, कुईनेमङ्गलेका वडा सदस्य यामकुमारी गोतामे घर्ती र शिक्षक रसकुमारी छन्त्यालले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा इन्स्योरेन्सका धौलागिरि क्षत्रीय प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको तालिम कार्यक्रम देशका २१ जिल्लामा सम्पन्न गरी दोस्रो चरणको अन्तत्र्रिmयाको सुरुवात गरेको जनाएको छ । गएको पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम म्याग्दीमा पहिलोपटक अन्नूर्ण गाउँपालिका–६, घारबाट सुरु भएको थियो । इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्ष २०७७÷०७८ मा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमको सञ्चालनपछि इन्स्योरेन्सले यसवर्ष ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ नामक कार्यक्रम सुरु गरेको हो । समाजमा पिछडिएका र आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP