शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)
जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ५, २०७९
IMG_8219
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको आज (शुक्रवार) तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाले समग्र नगर क्षेत्रको शिक्षा र स्वास्थ्यको विकासमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधारको विकासमा आवश्यक पहल थालिएको बताउँदै जनकल्याण माविको कम्पाउण्ड घेराबार गर्नको लागि यसैवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन भएको बताउनुभयो । बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले जनकल्याण माविमा स्थापित अक्षयकोषले विद्यालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अधिवेशनबाट अक्षयकोषको लागि सक्षम र योग्य नेतृत्व चयन हुनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यालयमा अझै पनि भौतिक पूर्वाधारहरुको कमी रहेकाले वडा कार्यालय र बेनी नगरपालिकाले आवश्यक बजेटसहित योजनामार्फत सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा धनेश्वरी–तारानाथ स्मृति प्रतिष्ठानका सचिव माधवप्रसाद रेग्मी, गिरिजा–टिका फाउण्डेशन पुलाचौरका अध्यक्ष प्राध्यापक डाक्टर हेमराज सुवेदी, विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेल र युवा रेडक्रस सर्कलका अध्यक्ष प्रज्ञा बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटनसत्रमा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले कोष स्थापना र भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषका सचिव शिव बानियाँले प्रगति र कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा गिरिजा–टिका फाउण्डेशनबाट जनकल्याण माविमा अध्ययनरत विभिन्न १० जना विद्यार्थीहरुलाई प्रमाणपत्रसहित छात्रवृत्ति रकम प्रदान गरिएको थियो । याे पनि‍‍... [embed]https://myagdinews.com/2023/02/66299/[/embed] यसैगरी जनकल्याण मावि अक्षयकोषबाट गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको आधारभूत र मावि तहका १९ जना विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र तथा विपन्न विद्यार्थी २ जनालाई विद्यालय पोशाकसहित झोला वितरण गरिएको अक्षयकोषले जनाएको छ । त्यस्तै जनकल्याण माविमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा सहयोग पु¥याउनुहुने म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ, सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठनागरिकद्वय दधिलाल पौडेल, पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरु यामकुमारी श्रेष्ठ र भगवती पौडेल तथा संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रम जनकल्याण मावि अक्षयकोषका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र सदस्य सन्तोष सुवेदीको स्वागतमा सम्पन्न भएको थियो भने कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच जनकल्याण मावि अक्षकोषको दोस्रो अधिवेशनले गजिन्द्र श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । कोषको उपाध्यक्ष्ाँमा देवीदत्त पौडेल, सचिवमा कमलप्रसाद पौडेल, कोषाध्यक्षमा तिलकप्रसाद श्रेष्ठ, उपकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ, सहसचिवमा प्रकाश सुवेदी र शान्ति शर्मा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा गोपाल बानियाँ, बलराम बानियाँ, खेमराज पौडेल, भगवती पौडेल, मनिसा परियार, सम्झना परियार, यादव सुवेदी र खड्गप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी अक्षयकोषको लेखा समिति संयोजकमा टंकनाथ शर्मा, सदस्यमा चिरञ्जीवि सुवेदी र आरती विक चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो । २०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा हाल मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित कुल १ सय ३ जना सदस्यहरु आबद्ध छन् । हालसम्म अक्षयकोषमा कुल रकम ४७ लाख ६३ हजार पाँचसय ११ रुपैयाँ बचत रहेको छ । अक्षयकोषबाट विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्रीलगायत सहयोग गरिँदै आएको छ । कोषलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु¥याइने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २२:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP