दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम बिच वडा अध्यक्ष पविन गर्बुजा र रघुगंगा शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले जनता माविका प्रअ गुन पुनलाई हस्तान्तरण गर्नुभएको हो ।

जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नामका केशर गर्बुजाको उपचारको लागी आर्थिक सहयोग संकलको क्रममा गर्बुजाको एक महिना अगादी निधन भएको थियो । सोही रकम मृतकको छोरा युवी गर्बुजालाई पढाई खर्चमा थोरै भएपनि थप तेवा पुग्योस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गरेको संस्थाका उपाध्यक्ष मिलन गर्बुजाले जनकारी दिनु भयो ।
https://youtu.be/AkDddGo71Uc
सहयोग रकम प्राप्त पश्चात प्रअ पुनले सहयोगीहरु सबैलाई धन्यवाद दिदै प्राप्त गरेको सहयोग रकम बिधार्थीको शैक्षिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । बुवाको मृत्यु भए पश्चात गर्बुजा मामली घर बस्दै आउनु भएको छ । उहाँ जनता माध्यमिक विद्यालय दग्नाममा कक्षा ६मा अध्ययनरत हुनुहुन्छ ।
दग्नाम बैदेशिक सहयोग समिति बहराइनले स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, आपद बिपद तथा कला संस्कृती संरक्षण बिभिन्न शिर्षकमा १७ लाख रुपैयाँमा बढी सहयोग गरिसकेको छ ।
यो पनि...
[embed]https://myagdinews.com/2023/02/66312/[/embed]