शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • एमालेको मंगलामा‘मिसन ग्रासरुट’अभियानसम्बन्धी कार्यक्रम
एमालेको मंगलामा‘मिसन ग्रासरुट’अभियानसम्बन्धी कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन १३, २०७९
333614511_1608076326281640_7997232327320028177_n
म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान–२०७९ को विषयमा अभिमुखीकरण गरिएको एमाले मंगला गाउँपालिका कमिटीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो । पूर्व सांसद समेत रहनुभएका एमाले केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिइने बताउनुभयो । उहाँले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरिएको भन्दै पार्टीको विधि र विधानभन्दा बाहिर गएर काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिइने र नसुध्रिएको खण्डमा पार्टीमार्फत अन्य विकल्पहरु अपनाइने बताउनुभएको थियो । सोही कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले सिट सङ्ख्याको हिसाबमा नेकपा एमाले अलिकति सानो भए पनि जनमतको हिसाबले देशको पहिलो पार्टी भएको बताउनुभयो । उहाँले ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो । कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले जिल्ला उपसचिव राजकुमार थापा र सचिवालय सदस्य एवं प्रदेश (ख) समन्वय कमिटी संयोजक खरमाया बिटालुको विशेष उपस्थिति रहेको थियो । एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव चक्रलाल पाण्डेले स्वागत गर्नुभएको थियो । उक्त वैठकद्वारा दुई महिनाको अवधिमा पालिकाभरी पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तारसम्बन्धी विषयमा आवश्यक कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा पालिकाभित्र एमाले वडा कमिटीका अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताहरु लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP