शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान
नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, फागुन १७, २०७९
333778959_908242460318416_6753313875125025126_n
जलजला । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस्तारित वैठक तथा अभिमूखीकरण कार्यक्रम गरी अभियान सुरु गरिएको पालिका कमिटीका सचिव महेन्द्र रेग्मीले जानकारी दिनुभयो । दुइमहिना सम्म सञ्चालन हुने मिसन ग्रासरुट अभियानका लागि जलजलामा फोकल पर्सनका रुपमा केन्द्रिय सदस्य टसी स्याङ्मो गुरुङ,गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेल,भक्त कुँबर,जिल्ला कमिटीका उपसचिव विमल लामिछाने र सचिवालय सदस्य शेषराज रेग्मी खटिनुभएको पार्टीले जनाएको छ । अभियानको सुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य मनोहर वि पौडेलले पार्टीले सञ्चालन गरेको अभियानले संगठन विस्तार,सुदृढिकरण गर्दै आमजनता माझ स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देशी तथा विदेशी प्रतिक्रियावादीहरुले एमालेलाई घेराबन्दी पार्न खोजेको भन्दै उहाँले जनताको साथ र सहयोगले एमाले विरुद्धको षडयन्त्रलाई परास्त गरिछाड्ने उद्घोष गर्नुभयो । नेपाली काँग्रेस र माओवादी केन्द्रले मुलुकलाई अस्थिरता तर्फ लैजान थालेको उहाँले बताउनुभयो । जिल्ला उपसचिव तथा युवा नेता लामिछाने र सचिवालय सदस्य रेग्मीले एमाले पार्टी जनतामा आधारित पार्टी भएकाले अभियानका क्रममा जनताको घरघर सम्म पुगेर पार्टीलाई बलियो र स्थापित गर्ने बताउनुभयो । अभियानलाई भव्यरुपमा सफल पार्न नेता र कार्यक्रर्ताहरु सक्रिय भएर अभियानमा जोडिन उहाँहरुले अनुरोध गर्नुभयो । विस्तारित वैठकले ९ वटा वडामा वडाकमिटीका वैठक,प्रशिक्षण, टोलसम्म पुगेर संगठन विस्तार गर्ने,सदस्यता वितरण,नविकरण,जनवर्गीय संगठनहरुको भेला तथा पार्टी सदस्यहरुबाट सुझाव संकलन समेत गर्ने कार्ययोजना तय गरिएको पालिका कमिटीका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । कमिटीका अध्यक्ष अधिकारीको अध्यक्षता सचिव रेग्मीको सञ्चालन र पालिका कमिटीका उपसचिव निलकष्ठ सुवेदीको स्वागतमा विस्तारित वैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।  
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  २१:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP