शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घतानमा सार्वजनिक सुनुवाई
घतानमा सार्वजनिक सुनुवाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १९, २०७९
IMG_0280
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्धबार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । घतानको वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष चक्र बहादुर केसी र वडा सचिव रमेश जिसी, वडाका प्राविधिक सुनिल श्रेष्ठले चालु आवको पहिलो अर्धबार्षिकमा सम्पन्न भएका विकास, निर्माण तथा योजनाको प्रगति र सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो । बेनी नगरपालिकामा भएका वडाहरुमा सबैभन्दा छिटो धेरै योजना सम्पन्न गरेको दावी गर्दै अध्यक्ष केसीले वडामा २०७९÷८० मा भएको ४२ योजना मध्ये हाल सम्म ३५ वटा योजना सम्पन्न भैसकेको र ३० वटा योजनाको अन्तिम किस्ता भुक्तानी समेत भएको र बाँकी भुक्तानी चरणमा रहेको बताउनुभयो । उहाँले बाँकी निर्माणधिन योजनाहरु पनि जेठ महिना भित्र सम्पन्न गर्ने बताउनुभयो । सार्वजनिक सुनुवाइमा सहभागीले सार्वजनिक जग्गामा भएको ढुङ्गाकोे दुरुपयोग भएको, वडाले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट कम भएको, अनुदान वितरण प्रभावकारी नभएको, उपभोक्ता समितिले गर्ने काममा प्रभावकारी अनुगमन नभएको, सडक निर्माण गर्दा मापदण्ड सबैलाई एकरुपले लागु नभएको, बजार क्षेत्रमा बिस्तार हुँदै गएको क्षेत्रको सरसफाईमा ध्यान नदिएको, टोल विकास समित गठन गर्दा एकलौटी गरेको जस्ता गुनासो गरेका थिए । सहभागीहरुले उठाएका प्रश्नहरुको उत्तर दिँदै बेनी नगरपालिका वडा नं. ९ का अध्यक्ष चक्र केसीले वडाको विकासमा सहज बनाउनका लागि १४ वटा टोल समिति गठन गरी परिचालन गरेको, वडा तहबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधिहरु साप्ताहिक रुपमा कार्यतालिका नै बनाएर वडा बस्ने व्यवस्था मिलाएको, सामाजिका सुरक्षा भत्ता वितरणमा सहजिकरण गरेको बताउनुभयो । अध्यक्ष केसीले वडामा भएका सुशासन, शिक्षा, कृर्षि, पशु, स्वास्थ्य, खानेपानी, विद्युत, मठमन्दिर, युवा तथा खेलकुद, रोजगार, पर्यटन, महिला, विपद्, सिचांई सडक, गोरेटोवाटो संगै आगामी बजेट,योजना र कार्यक्रमको बिषयमा जानकारी गराउनुभएको थियो । वडा भित्रका कृर्षकहरुको वडा कृषि समुहको आधारमा कृषिका कार्यक्रमहरु संचालन गरिएको बताउँदै जेठमा अनुगमनमा पुग्दा कुनै पनि अनुदानको दुरुपयोग भएको देखिएमा त्यो समुह वा कृर्षकलाई अर्को बर्षदेखि अनुदान नदिईने उहाँको बताउनुभयो । टोल समितिको समन्वयमा नै उपभोक्ता गठन गरेर वडामा पठाउने गरेको जानकारी दिर्दै जनप्रतिनिधिले कुनै पनि उपभोक्ता समिति गठन गर्दा हस्तक्षेप नगरेको वडा अध्यक्षले केसीले बताउनुभयो । वडा सचिव रमेश जिसीले हाल सम्म वडामा भएको सेवा प्रभाहको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा प्राविधिक सुनिल श्रेष्ठ, घतान स्वास्थ्य चौकी प्रमुख, गलेश्वर प्रहरी चौकीका प्रमुखले समेत उत्तरमा सहजिकरण गर्नुभएको थियो । वडा सदस्य गणेश शर्माले स्वागतसहित सार्वजनिक सुनुवाई कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने म्याग्दीकाली एफ.एमका स्टेशन म्यानेजर राकेश शर्माले सहजीकरण गर्नुर्भएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २३:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP