शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज (तस्बिर सहित)
रचनात्मक कार्यमा बगरफाँटका युवा : खेलकुद मार्फत चिनाउँदै गाउँ समाज (तस्बिर सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन २१, २०७९
IMG_2099
म्याग्दी । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका छन् । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दुरीमा रहेको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमद्धारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका हुन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्वाइको विशाल खेल मैदान निर्माण भएको छ ।करिब रु १० लाखको लागतमा निर्माण भएको सो खेल मैदानमा आगामी चैत्र २४ गतेदेखि रु १ लाख पुरस्कार रासीको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लव बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरु एक महिना अघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिव रु ८ लाख खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाको भनाइरहेको छ । “अहिले हामी खेल मैदानको स्तरोन्नति गर्ने र आर्थिक श्रोत जुटाउने अभियानमा छौं,सबैतिरबाट हामीलाई राम्रो सहयोग प्राप्त भैरहेको छ” अध्यक्ष थापाले भन्नुभयो “खेलकुदको माध्यमद्धारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।” गाउँका भाइहरुको उत्साहा र उनीहरुको कृयाकलाप देखेर÷सुनेर आफूलाई निकै खुसी लागेको र उनीहरुले आयोजना गरेको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिताको सफलताका लागि आफूले सक्दो सहयोग गर्ने हाल जापानमा रहनुभएका बगरफाँटका युवा सागर कार्कीले बताउनुभयो ।“हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ,उहाँहरुको साथ र सहयोगले नै हामीका केही गरौं भन्ने भावना विकसित भएको हो” रिभरसाइड युवा क्लवका सल्लाहाकार एवम् बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो । बगरफाँट खेलाडीहरुको गाउँ पनि हो । यहाँका युवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुदै आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभर साइड क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको थियो ।अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागि प्रतियोगितामा रिभर साइड बगरफाँट युवा क्लव प्रथम हुँदै रु १ लाख पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो । त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागि उक्त प्रतियोगितामा दोस्रो भएको क्लवले रु ५० हजार नगद सहित पुरस्कार प्राप्त गरेको हो ।त्यसैगरी जिल्ला स्तरमा हुने कुनै पनि प्रतियोगिताहरुबाट कहिल्यै पनि रित्तो हात फर्किन नपरेको क्लवका सचिव कार्कीले बताउनुभयो । पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरुमा लागेका छन् । यहाँका युवाहरुले कोरोना कालमा घरघरमा पुगेर औषधी,मास्क,स्यानिटाइजर लगाएतका सामाग्रीहरु वितरण गर्नेदेखि लिएर अस्पताल सम्म लगेर उपचार गराएर ल्याउने समेत गरेका स्थानीयले बताएका छन् । समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा,विवाह ब्रतब्रन्धजस्ता मांगलिक कार्यहरु गर्दा होओस् वा दैवि विपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरु आइपर्दा यहाँका युवाहरुले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरुको भनाइरहेको छ ।चैत अन्तिम साता आयोजना हुन लागेको प्रथम रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकोले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP