शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्युटर कक्षा
प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्युटर कक्षा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन २९, २०७९
COMPUTER CLASS (1)
म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २२ औँ स्थापना दिवस तथा लोकदोहोरी दिवस २०७९ को अवसरमा प्रतिष्ठान म्याग्दीले निशुल्क कम्प्युटर कक्षा शुभारम्भ गरेको छ ।प्रतिष्ठान म्याग्दीले द्वन्द्वपीडित तथा अपाङ्ग परिवारका १० जना विद्यार्थीहरुलाई निशुल्क रुपमा कम्प्युटर वेसिक तथा डिप्लोमा सम्मको कक्षा संचालन गरेको हो । लोक दोहोरी दिवसको अवसरमा बेनीमा संचालनमा रहेको सिटिईभिटिद्वारा मान्यता प्राप्त जुनियर इन्जिनियरिङ केलेज ग्राफिक्स कम्प्युटर सेन्टरमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थी भर्ना तथा कक्षा शुभारम्भ गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका सचिव विजुन केसीले बताउनुभयो । कक्षा शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक केन्द्रिय सदस्य धन कुमारी थापाले स्थापना दिवसको अवसरमा महत्वपूर्ण सामाजिक सेवाको कार्य गरेकोमा प्रतिष्ठान म्याग्दीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।थापाले अहिलेको सूचना र प्रविधिको युगमा कम्प्युटरको महत्व धेरै नै रहेकाले यसको ज्ञानले स्वरोजगार बन्न सकिने समेत बताउनुभयो । कम्प्युटर सिकेर आफुले सिकेको सिपलाई सहि ठाउँमा प्रयोग गर्न समेत आव्हान गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सदस्य अमित विश्वकर्मा, प्रतिष्ठान म्याग्दीका सल्लाहकार नेत्र महत, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य सुरेन्द्र केसी, द्वन्द्वपीडित अधिकार मंच म्याग्दीका अध्यक्ष भिम बहादुर रिजाल लगायतले बोल्नुभएको थियो । द्वन्द्वपीडित तथा अपाङग परिवारका १० जना सदस्यहरुलाई लक्षित गरि उनिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिष्ठानको स्थापना दिवसको अवसर पारि निशुल्क कम्प्युटर शिक्षा प्रदान गरिएको प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो । प्रतिष्ठानले समाज संग जोडिएर सेवामुलक कार्यहरु पनि गर्दै आएको छ, अध्यक्ष जिसीले भन्नुभयो, “यी १० जना विद्यार्थीहरुलाई कम्प्युटर सिप सिकाईसकेपछि कहिकतै रोजगारको समेत व्यवस्था गर्ने योजना बनाएका छौँ” । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाईको स्वागत र सचिव केसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका पदाधिकारी तथा सदस्यहरु, कक्षामा सहभागी हुने विद्याथीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई अपाङ्ग संघ म्याग्दीले समन्वय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  २०:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP