शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’ जापानले बालगृहका बालबालिकालाई सहयोग
गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’ जापानले बालगृहका बालबालिकालाई सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, चैत १५, २०७९
balgirie helps (3)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा अभिभावकाविहिन बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र ‘म्याग्दी बालगृह’का बालबालिकालाई लोकप्रिय गायक प्रकाश दुतराजको ‘म्यूजिकल टुर’जापानले करिब ४३ हजार बराबरको सहयोग गरेको छ ।जापानको सांगीतिक यात्राको संयोजन गरेको गजव इन्टरटेन्मेन्टले बालगृहका बालबालिकाको सहयोगार्थ नाङ्गलो घर टोकियो जापानको प्रायोजनमा आयोजित कायैक्रममा बालबालिकालाई झोला, ट्रयाक, स्टेशनरी र खाद्यान्न लगायतका साम्रागी बेनी नगरपालिकाका मेयर सुरत केसी, देबकुमार श्रेष्ठले बाल संगठनका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गदैं मेयर केसीले गायनको क्षेत्रमा फरक पहिचान बनाउन सफल प्रकाश दुतराजको बाल्यकाल र उच्च शिक्षासम्म सामान्य अवस्थामा वितेको बताउँदै म्याग्दीमा जन्मिएर गायन क्षेत्रमा प्राप्त उचाईबाट उत्साहित भएको बताउनुभयो ।मेयर केसीले बालगृहको क्षमता विस्तार तथा बालबालिकालाई थप प्रोत्साहनका लागि आवशयक सहयोग गर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा बालसंगठनका अध्यक्ष शाक्यले पूर्वाधार विस्तारमा थप सहयोग आवश्यकता रहेको बताए । बालबालिकाको सुविधा र सहजताका लागि पूर्वाधार विस्तार गर्न लागिएकाले यथासक्य आर्थिक सहयोग गर्न मनकारी व्यक्ति, संघसंस्था तथा विभिन्न निकायलाई आग्रह गरेका थिए । सोही अवसरमा मोना जापानका अध्यक्ष समेत रहनुभएका प्रायोजक सचिन श्रेष्ठले म्यूजिकल यात्राबाट संकलन भएको सहयोग बालबालिकालाई भविस्यमा समेत सहयोग गर्ने बताउँदै सहयोगको सदुपयोग गर्न अनुरोध गरे । बालगृहमा हाल १० बालबालिका आश्रित छन् । बुवाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ । २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको संगठनले जनाएको छ । बालगृह भवनको सटर भाडा, अक्षयकोषको ब्याज, विभिन्न व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराउने नगद तथा जिन्सी सामग्री सहयोगको भरमा बालगृह सञ्चालन हुँदै आएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको लोकदोहारी प्रतिष्ठान म्याग्दीका अध्यक्ष धुब्र जिसी, गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । अध्यक्षता संगठनका अध्यक्ष शाक्य, स्वागत उपाध्यक्ष श्रेष्ठले गरेका थिए ।  
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP