शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा
क्रोएशियामा मोनाको तदर्थ समिति गठन, संयोजकमा शर्मा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २०, २०७९
337897960_620252316099581_4023239416974924440_n
बेनी । वैदेशीक रोजगारको शिलशिलमा युरोपेली राष्ट्र क्रोएशियामा पुगेका म्याग्देलीहरु संगठित भएका छन । म्याग्देलीहरुविच भावनात्मक एकता कायम गरि आपत विपत तथा हेरक अप्ठ्यारामाहरुमा हातेमालो गर्ने महत्वपूर्ण उद्देश्य राखेर संगठित भएका हुन ।सोमवार म्याग्देलीहरुको भेलाले म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोएशियाको तदर्थ समिति गठन गरेको हो । समितिको संयोजकमा रामकृष्ण शर्मा चयन हुनुभएको छ भने सहसंयोजकमा सपना जुग्जाली र झलक गैरपीपल चयन हुनुभएको छ । संयोजक शर्मा मोना कतारको पूर्व सचिव हुनुहुन्थ्यो । बेनी नगरपालिका–९, निवासी शर्मा हालै मात्र कतारको बसाईलाई विट मार्दै क्रोएशिया पुग्नुभएको थियो ।   समितिको महासचिवमा रुपेश सुन्दास, सचिवमा सन्तोष सेवा र कोषाध्यक्षमा झलक जिसी र सहकोषाध्यक्षमा गोविन्द दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा राजु परियार, प्रेम परियार, पूर्ण परियार, भिम परियार, रमेश परियार, सुनिल सुन्दास, निरज परियार, मोहनसिंह ठगुला, विमल पुन, तिल सुन्दास, मनिस घर्ति मगर, जस बहादुर पुन, राम्जी पौडेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा नै राम बहादुर सार्की, देविलाल परियार, नारायण परियार, सुनिता विक, गकुल शर्मा, कुमार परियार, रमेश फगामी, विजय बुढाथोकी, खेम फगामी, गहतराज फगामी, दिपा पुन, दिवा पुन, उर्मिला सुनुवार, केशर पुन र नर बहादुर सार्की रहनुभएको छ । भेलाले तेज सुन्दासलाई प्रमुख सल्लाहकार चयन गरेको संयोजक शर्माले जानकारी दिनुभयो । भेलाले विभिन्न उपसमिति समेत गठन गरेको छ । सुनिल सुन्दासको संयोजकत्वमा खेलकुद, सपना जुग्जालीको संयोजकत्वमा सांस्कृतिक, रुपेश सुन्दासको संयोजकत्वमा प्रचार प्रसार र झलक जिसीको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको महासचिव रुपेश सुन्दासले जानकारी दिनुभयो । क्रोएशियामा रहेका म्याग्देलीहरु एकजुट भई जिल्लामा घट्ने विभिन्न विपतका घटनाहरुमा सघाउने र सामाजिक सेवाका गतिविधिहरुमा अग्रसर हुने उद्देश्यले मोना क्रोएशियाको तदर्थ समिति गठन गरिएको संयोजक शर्माले बताउनुभयो । अवको ३ महिनामा प्रथम अधिवेशन गरि कार्य समिति चयन गरि सक्रियताका साथ आफ्ना गतिविधिहरुलाई अगाडि बढाउने उहाँको भनाई छ । साथै क्रोएशियामा रहेका म्याग्देलीहरुविच भावनात्मक एकता र सद्भाव कायम गरि हरेक सुख दुखमा संगै रहने पनि संस्थाको उद्देश्य रहेको छ ।  
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २१:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP