शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण
बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २४, २०७९
Goat blok (3)
बेनी । बेनी नगरपालिकाका ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा ब्यवसायी संघ मार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बाख्रा ब्लक निरन्तरता कार्यक्रम अन्तरगत ६५ जना कृषकहरुलाई पालेको बाख्रा संख्याको आधारमा औषधी र घाँसको विउ वितरण गरिएको जानकारी दिनुभयो । जिल्ला बाख्रा ब्यवसायी संघका उपाध्यक्ष महेन्द्र बानियाको अध्यक्षता र नरबहादुर थापाको सञ्चालनमा भएको कार्यक्रममा गण्डकी प्रदेशका पशुपंक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुन, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले कृषकहरुलाई औषधी र घाँसको विउ वितरण गर्नुभएको थियो । ७५० किलोग्राम सुदान, बजरा, टियोसेन्टी जातको घाँसको विउका साथै आइभरनाइट ट्याब्लेट, मिनिरल र बाह्य परजिवी विरुद्धको औषधी वितरण गरिएको हो । सोही कार्यक्रममा कृषकहरुलाई अभिमुखीकरण र अन्तरक्रिया गरिएको थियो । चालु आर्थिक वर्षमा रु. २० लाख बिनियोजन भएको (ब्लक) कार्यक्रम मार्फत खोर तथा ओपन याड मर्मत, प्रजनन् बोका, फार्म यान्त्रिकरण, मासु पसललाई फ्रिज प्रदान गर्ने कार्यक्रम रहेको छ । व्यावसायिक बाख्रापालन विस्तार, मासुको उत्पादन बृद्धी, गुणस्तर सुधार र बजारीकरणमा सघाउने उद्देश्यले गत वर्षदेखि ब्लक कार्यक्रम शुरु भएको थियो । गत वर्ष ३९ जना कृषकहरुले ब्लक कार्यक्रममा आवद्ध भएका थिए । यस वर्ष १० वटा भन्दा बढी बाख्रा पालेका कृषकलाई कार्यक्रममा आवद्ध गराइएको छ । म्याग्दीलाई मासुमा आत्मनिर्भर बनाउने र नश्ल सुधारका लागि आवश्यक उन्नत जातका बोका उत्पादन गर्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP