शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग
बेनीबजारमा कौसीखेती गर्नेलाई तालिम र प्रविधि सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत २५, २०७९
kausi kheti
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नं ७ ले कुहिने फोहोरलाई कौसीखेतीमा प्रयोग गर्न वडाबासीलाई तालिम दिएको छ ।पछिल्लो समय छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीमा आर्कषित वडाबासीलाई लक्षित गरी शुक्रबारदेखि सञ्चालित तालिमको उद्घाटन गदैं मेयर सुरत केसीले नगद नभई प्राविधिक र अनुदानमा उपकरण उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउने बताए । उपमेयर ज्योति लामिछानेले कौसीखेतीमा महिलाको सक्रियतालाई प्रोत्साहन गर्न हरेक बर्ष अनु्दान सहितको कार्यक्रम सञ्चालन गरिने बताईन् । वडा अध्यक्ष एवम् नगरका प्रबक्ता रमेशकुमार श्रेष्ठले कौसी खेती गर्ने किसानलाई पचास प्रतिशत अनुदानमा कम्पोस्ट विन उपलब्ध गराइएको बताए । वडाभित्र कौसीखेती रहेकाले आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, अर्गानिक विषादी वितरण लगायतका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताउँदै कुहिने फोहोरको घरेलु र वैज्ञानिक व्यवस्थापन गर्न कौसीखेती प्रोत्साहित गर्दै आएको बताए । बेनीबजारबासीले विगतमा समेत वडाबाट वितरण गरिएको उपकरण सहितको तालिमबाट हरियो तरकारी र फलफूलबाट निस्कने फोहोरलाई जैविक मलका रूपमा पाकेको फोहोरलाई सुकेको माटोमा मिसाएर प्रयोग गर्दै आएका छन् । शनिबारसम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख प्रकासकीय अधिकृत ढोलकराज ढकाल, कार्यपालिका सदस्य सुप्रेना किसान लगायतको उपस्थिति रहेको थियो । तालिमको स्वागत वडा सदस्य रमेश फगामी र सञ्चालन वडा सचिव विनिता रेग्मीले गर्नुभएको थियो । तालिममा १६५ जनाको सहभागिता रहेको छ ।  
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP