शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २६, २०८०
345891532_918994669431855_605602253504064638_n-1024x683
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ट्राफिक सप्ताह सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनीमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थी र व्यवसायीहरुले प्रभातफेरी गरेका थिए । सर्वसाधारणहरुलाई ट्राफिक नियमसम्बन्धी विषयमा जनचेतना जगाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी प्रमुख राजेन्द्र पौडेलले बताउनुभयो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक र परिचालकलाई प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण, सिट क्षमता आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठूला सवारीमा स्टिकर टाँस गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण र ग्रामीण भेगमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुनेछन् । पछिल्लो समय बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्ने उद्देश्यसहित ट्राफिक सप्ताह मनाउन लागिएको जनाइएको छ । सदरमुकाम बेनीमा प्रभातफेरि ¥यालीपछि जिल्ला समन्वय समिति, म्याग्दीको सभाहलमा आयोजित कार्यक्रमलाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सम्बोधन गर्नुभएको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षता र प्रहरी नायव उपरीक्षक मदन कुँवरले स्वागतसहित जानकारी गराएको कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कुमार गुरुङले सञ्चालन गर्नुभएको थियो । ट्राफिक सप्ताहको दोस्रो दिन चोकचोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन, तेस्रो दिन ग्रामीण सडकमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, चौथो दिन चालक तथा परिचालकलाई प्रशिक्षण, पाँचौं दिन सडक प्रयोगकर्तालाई प्रशिक्षण, छैटौं दिन सवारीचालकको स्वास्थ्य परीक्षण र सातौं दिन पत्रकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।  
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०७:३९
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP