शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया
म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख २६, २०८०
IMG_2081
बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा आफ्नो प्रस्तुतिसहित सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले म्याग्दी जिल्ला खुला दिसामुक्त घोषणा भएको धेरै समय बितिसकेको भए पनि अझै ग्रामीण भेगमा झाडापखालाका बिरामीहरु पाइएको बताउनुभयो । उहाँले म्याग्दीको स्वास्थ्य अवस्था सुधार्न पत्रकार तथा सञ्चारकर्मीको ठूलो सहयोग रहेको बताउँदै आगामी दिनमा पनि सचेतनामूलक सन्देशहरु प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । आफ्नो प्रस्तुतीमा निमित्त कार्यालय प्रमुख लम्सालले गएको आर्थिक वर्ष २०७८/०७९ मा म्याग्दी जिल्लामा संस्थागत सुत्केरी हुने ७३ प्रतिशत पुगेको बताउँदै ४ पटकसम्म गर्भ जाँच गर्ने महिलाहरु ९४ प्रतिशत र ३ पटकसम्म सुत्केरी जाँच गर्नेहरु ५० प्रतिशतको तथ्याङ्क रहेको जानकारी दिनुभयो । उहाँले गत आवमा परिवार नियोजनको साधनहरु प्रयोग गर्नेहरु ४७ प्रतिशत रहेकोमा यसभन्दा अघिल्ला दुईवटा आवमा ४५ प्रतिशत मात्रै रहेको बताउँदै नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका परिवार नियोजनका साधनहरुको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुतीकरण गर्दै बेनी अस्पतालका नव आगन्तुक निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले स्वास्थ्य समस्या सबैको साझा भएकाले यसको समाधान गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय बेनी अस्पतालमा सेवा लिन आउने अधिकांश महिलाहरु आफ्नो स्वास्थ्यमा विभिन्न किसिमका संक्रमण, महिनावारी गडबढी, गर्भपतनलगायत समस्याहरु जटिल बनेपछि आउने गरेको बताउँदै समयमै आएर स्वास्थ्योपचार गर्न सुझाव दिनुभयो । उहाँले पुरुषको तुलनामा महिलाहरुमा धेरै समस्याहरु देखिने गरेको बताउँदै पछिल्लो समय तनाव, सन्तुलित खानपान र व्यायामको अभावले स्वास्थ्यमा समस्या देखिएकाले ध्यान दिनुपर्ने बताउनुभयो । सोही कार्यक्रमको अवसरमा वनहार्ट वल्डवाईड म्याग्दीका जिल्ला संयोजक उपेन्द्र चन्दले आफ्नो संस्थामार्फत म्याग्दी जिल्लाको विभिन्न स्थानमा भएका गतिविधि र सञ्चालित कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका स्वास्थ्य शिक्षा अधिकृत इन्द्रबहादुर बानियाँ र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरका कार्यकारी निर्देशक लक्ष्मीनारायण देवले पनि आ–आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स दुर्गा शर्माले गर्नुभएको थियो । सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको छ भने सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा पुग्नका लागि नवजात शिशु तथा मातृ मृत्युदर घटाउने उद्देश्य रहेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य र नवजात शिशुको मृत्युदर घटाउनुपर्दछ । अहिले मातृ मृत्युदर प्रति लाखमा १ सय ५१ जना रहेकोमा दिगो विकास लक्ष्यअनुसार ७० जनामा झार्ने र नवजात शिशुको मृत्युदर प्रति हजारमा २१ रहेकोमा १२ जनामा झार्ने लक्ष्य लिइएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  ०९:२०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP